ओली सरकारको सय दिन गफमा सिमित

२०७५ जेष्ठ ११ गते, शुक्रबार

काठमाडौं, ११ जेठ । केपी ओली नेतृत्वमा सरकार गठन भएको आज सय दिन पुरा भएको छ । गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । पछि दुई पटक विस्तार गरेर अहिले २२ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।
तर वली सिंहदरबार प्रवेश गरेको सय दिनसममा पनि उलेख्य रुपमा केहि उपलब्धी भएको देखिएको छैन । ‘हनिमुन अवधि’ पूरा गरेको सरकार आगामी बजेटको तयारीमा छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा लिएर अघि बढेका प्रधानमन्त्री ओलीले आफना हरेक भाषणमा समृद्धि र विकासका योजना सुनाउन छाडेका छैनन । तर ब्यबहारमा सरकारले एक सय दिनभित्र उल्लेख्य काम नगरेको , भाषण र प्रचारबाजी बढी गरेकोमा चर्को आलोचना हुन थालेको छ । सरकारले समृद्धिको सपना बाँडे पनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको सर्ब साधारण नागरिकको गुनासो छ । भाषण र वक्तव्यबाजीमा सरकार धेरै समय अल्मलिएको, राजनीतिक भेटघाट र कार्यक्रममा अल्झिएको, कार्यशैलीलाई गति दिन नसकेको भन्दै सरकारको चर्को आलोचना हुन थालेको हो ।
अघिल्लो सरकारले राष्ट्रियसभाका लागि मनोनीत गरेका तीन जनालाई फिर्ता बोलाएर राष्ट्रपतिलाई समेत विवादमा ल्याएको यो सरकार अहिलेसम्म भाषण र टुक्काबाट चलिरहेको देखिन्छ। सरकारले अहिलेसम्म आश्वासन बाँड्नुबाहेक केही गर्न नसकेको जानकारहरू बताउछन । समग्रमा, यो सरकार दुई तिहाइको दम्भमा राज्य शक्तिलाई आफ्नो हातमा लिने र जनतालाई भने भ्रम फैलाउने क्रियाकलाप गरिरहेको देखिन्छ । जनताको अपेक्षाको आधारमा पनि निकै बलियो सरकार ठानिएको बाम सरकार ’समृद्ध नेपाल, सुखी नेपाली’को नारा बोकेर अगाडि बढिरहेको छ । त्यसो त विकास, समृद्धि र सपनाको कसीमा चुनावी घोषणापत्र पनि कम आकर्षक थिएनन । केही दिनअघि सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रम पनि उस्तै सपनाहरुले भरिएका छन् ।
बाम सरकारले बिताएको यो सय दिन उनिहरुको आगामी दिनको आँखीझ्याल हुनसक्छ । मेट्रो रेल, पानीजहाजको उडन्ते गफ गर्न ओली सरकार माहिर देखिएको छ। महँगी बढेकै छ। पेट्रोलियम पदार्थको पटक–पटक मूल्यवृद्धि गरिएको छ। सस्ताे लोकप्रियतावादमा वर्तमान सरकारको विश्वास देखिन्छ।
अघिल्लो पटक सरकारको नेतृत्व गर्दा ओलीले देखाएका सपना, चुनावी घोषणापत्र तथा त्यतिबेलाका भाषणहरुमा उनको प्रतिबद्धता र अहिले पनि उनले दैनिकजसो व्यक्त गरिरहेका सुखद भविष्यका संकेतहरु कति पूरा होलान कति गफमै सीमित होलान त्यसका लागि अझै केही समय कुर्नैपर्छ । लोकप्रियतावादमा रुमलीनु वर्तमान सरकारको विश्वास देखिन्छ । मेट्रो रेल, पानीजहाजको उडन्ते गफ गर्न माहिर ओली सरकार माहिर देखिएको छ । महँगी बढेकै छ । पेट्रोलियम पदार्थको पटक–पटक मूल्यवृद्धि गरिएको छ । यसको सबै अपसज अस्थिर राजनीतिलाई दिने गरिएक पनि सरकारले चाल्नु पर्ने उचित कदम र जनतालाई दिने सुसानको प्रत्याभुति दिएको देखिदैन ।
सरकारले आफनो सय दिनमा केही राम्रा काम गरे पनि अपेक्षा अनुसार गति लिन भने सकेको छैन । भाषण र प्रचारका लागि कस्मेटिक काममा रुमल्लिएर सरकारले लिनुपर्ने गति लिन सकेको स्थीती भने देखिदैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु