ओली र पौडेल गुण्डा हुन- जनपरिषद प्रमुख सुमनसिंह

२०७५ जेष्ठ ६ गते, आईतवार

काठमाडौं, ६ जेठ । दमकस्थित हाटखोलामा बसोबास गर्ने सर्वसाधरण सुकुम्बासीहरुको बस्तिमा डोजर लगाएपछी नेकपाका जिल्ला जनपरिषद झापाका प्रमुख सुमनसिंह पौडेलले मेयर रोम ओलि र वार्ड अध्यक्ष भिम पौडेलले डन गिरि देखाएको आरोप लगाएका छन । पौडेलले आफ्नो फेसबुकमार्फत आफ्नो धारणा सार्वजानिक गर्दै दमक नगरपालिकाको मेयर रोम ओलि र वार्ड अध्यक्ष भिम पौडेलले पुलिस प्रशासनको दुरुपयोग गर्दै बन्दुक र बर्दिको रबाफ प्रदर्शन गर्दै सोझा सिधा जनतालाइ आतंकित बनाएर डन गिरि देखाएको बताएका छन । र उनले सोझै रोम ओलि र भिम पौडेललाइ गुण्डाहरुको नाइके भनेका छन ।
नेकपाले उक्त बस्ती नहटाउन र हटाउन परेपनी सुकुम्बासीहरुको बसोबास र रोजगारिको ग्यारेन्टी गर्नु पर्ने बतांउदै खबरदारी गर्दै आइरहेको थियो । लामो समय अघि देखि भत्काउन प्रयास गर्दै आएको भएपनी स्थानियको प्रतिरोध र नेकपाको चेतावनीको कारण त्यो हुन सकेको थिएन । तर हिजो एक्कासी संयौ प्रहरी परिचालन गरि बस्तिको उठिबास लगाएपछी दमकको माहोल तात्तिएको छ । र सबै तिरबाट नगरपालिका र जनप्रतिनिधीहरुको चर्को आलोचना भैरहेको छ ।
सपिङ्ग कम्प्लेक्स बनाउने भनेर नगरपालिकाले सुकुम्बासिको घर भत्काउनु पर्ने कारणको पछाडी जनप्रतिनिधिहरु र केही दलालहरुको नाफाखोरी नियत रहेको पौडेलले आरोप लगाएका छन । यो प्रोजेक्ट कुनै बिदेशि कम्पनिलाइ ४०/५० बर्सको लागि लिजमा दिएर लगानी कर्ताबाट सेयर प्राप्त गर्ने नियतबाट यस्तो भएकोहुनाले जनप्रतिनिधी यति कस्सिएर दाम्लो छिनालेर लागेका हुन भनेर पौडेलले गम्भीर आरोप लगाएका छन । होइन भने सुकुम्बासीहरुको घर भ्त्काउने बिसयमा यति धेरै आलोचना हुंदा हुँदै अलोकपृय बनेर यति हद सम्म अगाडि बढ्नु पर्ने कुनै कारण थिएन भनेर जनपरिसद प्रमुख सुमनसिंह पौडेलले बताएका छन ।
निगम पुंजिलाइ स्थापित गर्ने मेघा प्रोजेक्ट अनुरुप दमक बजारमा ब्यवशाय गर्ने सारा ब्यापारिलाइ टाट पल्टाउन यसो गरिएको समेत पौडेलले भनेका छन । उनले धम्किको भासा प्रयोग गर्दै सबैले ! बांच्नु छ, देख्नु छ , भोग्नु छ । यो नियतिको लागि सबै तयार रहनु पर्ने छ भनेर जनप्रतिनिधिहरुलाइ चेतावनी दिदै अब गरिब सुकुम्बासि र धनी दलालहरु बिच लंडाइ हुने कुरा स्पस्ट भएको बताएका छन ।
पौडेलले सार्वजनिक गरेको धारणा यस्तो छ:- “दमक नगरपालिकाले सपिङ्ग कम्प्लेक्स बनाउने भन्दै सुकुम्बासीहरुको घर भत्काउने काम गरेको छ । हामिले त्यांहा बस्नेहरुको बसोबास र रोजगारिको ग्यारेन्टी गरेर मात्र अघि बढ्नु होला भनेर सुझाएका थियौं । स्थानियको भावनापनी त्यही थियो । यधपी आज बन्दुक र बर्दिको दुरुपयोग गरेर सोझा सिधाहरुलाइ तर्साउंदै #डन गिरि नगरपालिकाले देखाएको छ । र मुख्य डन मेयर रोम ओलि र भिम पौडेल भएका छन । ठिकै छ ! बांच्नु छ, देख्नु छ , भोग्नु छ । यो सबैको नियती हो यसलाइ स्विकार्न सबै तयार हुनु पर्छ ।
अर्को कुरा- त्यांहा कम्प्लेक्स बनाउने कुराको यथार्थता यस्तो हो । त्यांहा नगरपालिकाले जग्गा अधिग्रहण गर्ने र ४०/५० बर्षको कन्ट्र्याक्टमा जग्गामा कम्प्लेक्स निर्माण गर्न बिदेशि अथवा स्वदेशी लगानिकर्ताहरुलाइ सस्तो भाडामा दिने । त्यो लगानीको वातावरण बनाइदिए बापत केहि ब्यक्ति ( अहिले जो जो घर भत्काउन कस्सिएर लागेका छन ) उनिहरु लाई स्वत कम्प्लेक्सको निश्चित सेयर मिल्ने छ । ५० औं बर्समा अरबौं कमाउने सपना र सेटिङ्गमा हाम्रा ठुलाठालुहरु लाग्नु भएको छ । यसमा दमकमा सल्बलाउने कारिन्दाको मात्र दिमाग लागेको छैन योत दमकबाट काठमाडौ पुग्नु भएका केही पुर्व महामहिमको ठूलो सेटिङ्ग र दिमागी कसरत लागेको छ । यसले के के गर्छ यो पनि बुझ्नुस:-
१. सुकुम्बासीहरुको उठिबास ।
२. केही पात्रहरुको लामो समय सम्म प्राप्त भैरहने निक्कै ठूलो पैसा कमाउने भांडो तयार ।
३. केही जगल्टे र मुन्द्रेहरुलाइ चरिखाने धन्दा ।
४. अहिले दमकको मुख्य बजार जति छ त्यसको टाट पल्टाइ ।
५. मुख्यत बिश्वबजारमा हाबी भएको निगम पुंजी र लगानीलाइ नेपालमा स्थापित गराउने डिजाइन अनुसारनै यो कामको परिकल्पना गरिएको छ ।
मैले यतिकुरा स्पस्ट बुझेको छु । तपाइहरुलेपनि बुझ्नु पर्छ/ सुकुम्बासिहरुको हितमा न्याय हुनुपर्छ । यसको निम्ति अब गरिब सुकुम्बासी र धनी दलाल बिच लंडाइ हुने कुरामा कुनै दुबिधा छैन ।”

प्रतिक्रियाहरु