‘ ओली–प्रचण्ड नेकपाको सामाजिक फासीवादी मुखुण्डो नेपाल कम्युनिस्ट पार्टी र जनक्रान्तिले च्यातचुत पार्ने छ’

२०७६ फाल्गुन १ गते, बिहीबार

काठमाडौं, १ फागुन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले ओली–प्रचण्ड नेकपाको सामाजिक फासीवादी मुखुण्डो नेपाल कम्युनिस्ट पार्टी र जनक्रान्तिले च्यातचुत पार्ने ठोकुवा गरेका छन् । २५ औँ जनयुद्ध दिवसको अवसर पारेर दिएको अन्तर्वार्तामा प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन् ।
प्रवक्ता प्रकाण्डले उत्तर साम्राज्यवादले जनक्रान्तिलाई रोक्न, षड्यन्त्र गर्न र भ्रम छर्न ओली–प्रचण्डको सामाजिक दलाल अनुहार खडा गरे पनि दलाल सत्ता र संसदीय व्यवस्थाको पतन र विघटन रोक्न पूर्णतः असफल भएको बताए । उनले पार्टी र जनक्रान्तिलाई प्रतिबन्ध लगाएर ओली सरकारले मालिकको खातिरदारी गर्दा पनि झुन ठूलो भ्वाङ पार्ने बौलठ्ठीमा बद्लिएको बताए । उनले अब यसको अवशानलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गर्दै पार्टीको आगामी रणनीति दलाल सत्ता, व्यवस्था र शासनको अन्त्य गर्ने रहेको बताउदै उक्त कार्यका निम्ति पार्टीलाई सुदृढ र शक्तिशाली बनाउने, नेपाली जनता र परिवर्तनका पक्षधर, शक्तिलाई एकताबद्ध गर्ने, जनक्रान्तिका मोर्चालाई गुणात्मक बनाउने र ओली सरकार एवं ओली–प्रचण्ड नेकपाको सामाजिक फासीवादी मुखुण्डो नेपाल कम्युनिस्ट पार्टी र जनक्रान्तिले च्यातचुत पार्ने ठोकुवा गरे ।
अन्तर्वार्तामा प्रवक्ता प्रकाण्डले भनेका छन्– “पहिलो कुरा त कुनै पनि देश र त्यहाँका जनताको मुक्ति, स्वाधीनता र अधिकार सम्पन्न बनाउने अचुक हतियार भनेको क्रान्ति हो । देश र जताको जीवनमा क्रान्ति हुने भनेको एउटा ठूलो राजनैतिक सवाल हो । यसका निम्ति देश र जनाताको हितमा राजनैतिक कार्य गर्ने सिद्धान्त भएको राजनीतिक प्रतिनिधि पार्टी हुनुपर्छ । अहिलेसम्म नेपाली जनताले दुःखको सामना गर्नुपरे र राष्ट्रले एकपछि अर्को घात बेहोर्नु पर्नाको मुख्य कारण नेपाली जनता र देशको प्रतिनिधित्व गर्ने पार्टी नहुनु नै हो । नेपालको राजनीतिक आन्दोलनमा केही पार्टीहरुले प्रारम्भिक चरणमा देश र जनताको पक्षमा आपूmलाई खडा गर्ने प्रयास गरे पनि पछिल्ला दिनमा विचलित भए । प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) यसको पछिल्लो जिउँदो उदाहरण हो । एउटा बडो खुसीको कुरा के छ भने आन्तरिक जीवन र बाह्य वस्तुस्थितिका भिषण प्रतिकूलताको सामना गरेर नेपाली जनता र हाम्रो देशले आफ्नो प्रतिनिधित्व गर्ने एक मात्र सच्चा राजनीतिक पार्टी पाएको छ, त्यो नेपाल कम्युनिस्ट पार्टी हो । हाम्रो पार्टी बनेदेखि एकीकृत जनक्रान्तिको नेतृत्व गरिराखेको छ । पछिल्लो दिनमा केपी ओली सरकारको प्रतिबन्ध, हत्या, आतंक, गिरफ्तारी, भूmठा मुद्दालगायतका सबै षड्यन्त्रका तानाबानासहित दमन गर्दा पनि हाम्रो पार्टी र क्रान्ति प्रभावशाली र शक्तिशाली बन्दै गएको छ । अझ यो तीव्रतामा बढ्दै जानेछ । यसलाई दुनियाँका कुनै पनि नवफासीवादले रोक्न सक्ने छैन ।
अहिले देशमा दलाल, पुँजीपतिवर्गको सामाजिक दलाल मुखुण्डो धारण गरेको केपी ओली सरकार र ओली–प्रचण्डको सरकारी नेकपाले कम्युनिस्ट पार्टी र समाजवादको रक्षा कवजमा मुक्ति कामि नेपाली जनता र सार्वभौम राष्ट्रका विरुद्ध नेपालको राजनीतिक इतिहासमा निरंकुशतावादी र फासीवादीहरुलाई माथ गर्दै बेलगाम अपराध गरिराखेको छ । त्यसले एकीकृत जनक्रान्तिको सम्पन्नतालाई निकट तुल्याएको छ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु