ओली-प्रचण्डको पार्टी (नेकपा) खारेज गर्न माग

२०७५ असार १ गते, शुक्रबार

काठमाडौं, ३१ जेठ । ओली-प्रचण्डको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता इन्दु तुलाधरले बिहीबार संविधान र कानुन विपरीत रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै रिट दायर गरेका हुन् ।
दल दर्ताका लागि आवश्यक पर्ने केन्द्रीय समितिमा एक तिहाई महिलाको संख्या नपुग्दा पनि दर्ता गरेको भन्दै उक्त दर्ता खारेजको माग गरिएको छ । उक्त दल दर्ता संविधान र दल दर्ता ऐनको किटानी व्यवस्था विपरीत भएको रिटमा दाबी गरिएको छ ।
रिटमा संविधान र दल दर्ता ऐन बमोजिम सो दल र अन्य दलहरुलाई पनि दल दर्ता गर्नरगराउन तत्काल परमादेश जारी गर्न पनि माग गरिएको सर्वोच्च अदालतले जनाएको छ । निर्वाचन आयोगले गत जेठ २३ गते केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु