ओली – दाहाल वार्ता निष्कर्षहीन

२०७५ बैशाख ६ गते, बिहीबार

काठमाडौँ, ६ बैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ । दुई नेता बीच पार्टी एकताको बिषयमा सहमति जुटाउने प्रयास स्वरुप बार्ता भएको हो । दुई पार्टीको एकता संयोजन समितिको बैठकले मिल्न नसकेका बिषयमा सहमति गर्ने जिम्मा दुई अध्यक्षलाई दिएपछि दुई दलका शीर्ष नेता छलफलमा केन्द्रित भएका हुन् । दुई पार्टीबीच जनयुद्ध, निर्वाचन चिन्ह र एकीकृत पार्टीमा रहने संख्याका बारेमा छलफल भएको थियो । एकतापछि बन्ने कमिटिमा माओवादी केन्द्रले ५० प्रतिशत हिस्सा दावी गरेपछि वैशाख ९ गते पार्टी एकता गर्ने प्रयास विफल भइसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु