ओलीको साथले प्रचण्डलाई राहत

२०७४ मंसिर २८ गते, बिहीबार

काठमाडौं, २८ मंसिर । १० वर्ष लामो शसस्त्र युद्धबाट शान्ति प्रकृयामा आए पछि पहिलो निर्वाचनमा प्रत्यक्ष तर्फ झण्डै बहुमत र समानुपातिक गरी ठूलो पार्टी बनेको माओवादी ७० को निर्वाचनमा पूर्णत कमजोर बन्यो । उसले जम्मा समानुपातिक मार्फत ५४ सिट ल्यायो भने प्रत्यक्ष तर्फ २ दर्जन बढी । पार्टी एकाएक पराजयको शिकार भए पछि धादलीको आरोप लगाउदै गणना बहिष्कारै गरेर प्रचण्ड हिडेका थिए । तर पछि पुनः सदनमा फर्किए । त्यो बेला खसेको मत ९० लाख बढी थियो । र त्यसको १७ प्रतिशत भन्दा बढी अर्थात १६ लाख भन्दा बढी मत माओवादीले ल्याएको थियो । ६४ सालमा माओवादीले समानपुपातिकमा ३१ लाख मत ल्याएको थियो ।
तर २०७४ सालमा समानुपातिक परिणाम हेर्दा माओवादीको हैसियत अझ कमजोर बनेको स्पष्ट भएको छ । उसले अहिले खसेको एक करोड ५ लाख मत मध्य ७० लाख गन्दा १३ प्रतिशत अर्थात ९ लाख हाराहारीमा मात्रै मत ल्याएको छ । जुन प्रतिशतको तुलनामा पहिलेको भन्दा ४ प्रतिशत कमी हुन आउछ ।
९० लाख खस्दा १६ लाख ल्याएको त्यो बेला भने अहिले एक करोड ५ लाख खसेका बेला पनि माओवादीले १६ लाख मत पाउने संभावना देखिएको छैन ।
यसले के स्पष्ट गरेको छ भने माओवादी र प्रचण्डको अहिलेको हैसियत एमालेसगँ गरिएको बाम गठबन्धनको आधारमा प्राविधिक रुपमा ३६ सिट प्रत्यक्ष तर्फ जिते पनि पार्टीले समानुतिकमा हैसियत कमजोर बनाएको छ ।
यदी केपी ओलीले प्रचण्डसगँ हात नमिलाएको भए माओवादी २०७० सालको तुलनामा अझ सानो आकारको दल बन्ने थियो भन्ने स्पष्ट देखिन्छ । जब कि अहिलेको समानुपातिक मतमा समानुपातिक जनता पार्टी र जनजागरण पार्टीको मत पनि माओवादीकै खातामा छ । किन कि उनीहरुले हसिया हथौडा चिन्ह लिएर चुनावमा लडेका थिए ।
माओवादीको समानुपातिक मत प्रतिशत ७० सालमा जति पनि नआउने संकेतले के प्रमाणित गर्यो भने यदी ओलीले प्रचण्डसगँ हात नमिलाएको भए के हुन्थ्यो ? प्रचण्ड विगतको भन्दा अझ कमजोर हुदै पाखा लाग्ने बाटोमा पुग्ने संभावना थिएन र ?
अहिले चुनावी परिणाम आएससगँै पार्टी एकता, जिम्मेवारी बाडफाट र सरकार गठन जस्ता विषयमा ओली र प्रचण्डका अभिव्यक्तिमा केही भिन्नता आउन थालेको , कार्यकर्ताहरुले नै नेतासगँ जुहारी खेल्न थालेको जस्ता विषयले चर्चा पाउन थाले पछि माओवादीले आफ्नो हैसियतबारे सचेत रहनु पर्ने देखिएको छ । संसदमा हैसियत पनि कम्जोर हुने, आफैले निर्माण गरेको सेना र आन्दोलन पनि नरहदा प्रचण्ड को समाजबाद र साम्यवादको कल्पना भीरको चिन्डो उधो न उधो हुने खतरा थिएन र ?

प्रतिक्रियाहरु