ओलीको अपाच्य अभिव्यक्ति – नरबहादुर कार्की

२०७६ जेष्ठ ३२ गते, शनिबार

सन्योग हेर्नुस् कत्ती अचम्मको? प्रधानमन्त्रीले फ्रान्समा बिप्लव लाई गोन्जालो बनाउछु भने । उनको बुद्दिले के छुट्याउन सकेन भने- गोन्जालो र साइनिङ पाथ माथिको दमनको नाइके फुजिमोरी थियो र उस्लाई सिआइएको रबर स्ट्याम्प बनाइएको थियो । मानवता बिरोधि, आम नरसम्हार र दमनको मुद्दामा पेरुले कहिलै माफ गर्ने छैन ।
मान्छे केही स्वत्वको नियन्त्रणमा पनि हुन्छ । म कमसेकम हिन्साको पक्षधर । तर आमुल परिवर्तनको सपना पनि बोकेको मान्छे हुँ । लाग्छ यो जिम्मेवारपूर्ण भावको कुनै मुल्य हुँदैन । गजडी तालमा बोल्ने र जिम्मेवारपन सिध्याउन खोजे पछी, अनी आउछ समय जस्तालाई उस्तै ।
प्रधानमन्त्री तथा गृह मन्त्री ज्यु! भुस मुनी लागेको आगो जस्तो इन्डो-प्यासिफिक सम्झौताको गहिराइमा- यो देशलाई पेरुको अमानविय दमन जस्तो ‘साम्राज्यवादी सेना र पैसा’ परिचालन को योजना आइसक्यो । ‘गो यान्की गो होम’ भन्ने गीत देश भक्त नेपालीले किन नगाउने? तपाईंको सरकारलाई यान्किज को कठपुतली किन नभन्ने? तपाईंको साझेदार इन्डोप्यासिफिक रणनिती र साम्राज्यवादी गोली खाना ‘भय मुक्त भएर म किन नउभिने? तपाईं भन्नुस्- खुलेर देशलाई बताउनुस्- च्यालेन्ज फण्डको ५६ अरब- पेन्टागनले हाम्रो छातीमा हाम्रा आफ्नै दाई भाईको हातबाट होली हान्ने काट्टोको रकम बुझेको हो कि होइन? मलाई कायर भएर बाच्नु छैन, मलाई आफ्नै माटोमा लुक्नु पनि छैन । टुडिखेलमा गोली हान्ने दिन मन्त्री परिषदबाट पास गर्नु, म आँफै आउछु । फ्रान्स पुगेर मालिकको चाकरी गर्नु पर्दैन ।
हामी बैज्ञानीक समाजवाद चाहन्छौ, हामी पिके र सिके राउतको युरोप सयरमा भियाना विश्व बिद्यालयमा नेपाल बनाउने गफ दिएको जस्तो भद्दा अठोटले उभिएका छोराछोरी होइनौ । तेह्र वटा पानीजहाज भएको बाङ्लादेशमा एउटा डेरामा ४ परिवार किन बस्न वाध्य छन, भारतको त्यति ठुलो रेल लिन्कमा किन मान्छे असमानताको कालो जुग बाच्न वाध्य छन? केपी र सिके पार्टनरशिपले फोटो देखाएर देश रुपान्तरण हुँदैन । सधैंको लागि बेबकुफ बनाउने यो जोक नगरेकै राम्रो । मलाई थाहा छ यो सयरको मुटुमा कुन पानी, कस्को नुन र कस्को रगत नसामा दौडेको छ? तर भन्दिन ।
हामी पेन्टागनका वा साम्राज्यवादिका सामु रुनेहरु होइनौ I वा आफ्नो आयु र पदको अबधिकालागी सार्वभौमिकता धरौटी नराख्ने ९९ प्रतिसत नेपालीका छोरा छोरी- हौ । हामी त्यती बुद्दु पनि छैनौ कि हामीलाई बिक्री गरेको थाहा नहोस् । तपाईं नेपाल फर्कनु पहिले नेपालीको मन मुटुमा तपाईंको तस्बिर ‘फुजिमोरी’ जस्तो र तपाईंको साझेदार साम्राज्यबादीले देख्ने गरी – ‘यान्किज गो होम’ को गीत गुन्जायमान हुनेछ । यो सजिलो परिचय र मेरो देश कस्को हातमा छ भन्ने व्याख्या तपाईं स्व्यमले फ्रान्स बाट दिनुभएको छ ।
म यत्ती कुरा देहर्याउन चाहन्छु, मुकुण्डो लाएर साम्राज्यवादिका चाकरी गर्ने सबै कम्युनिष्ट नेताको छोरा छोरीले जिन्दगीमा आफ्नो बा प्रती गर्व गर्ने छैनन र भन्नेछन- बरु मेरो वुवा भिखारी भये पनि नेपाली भएको भये हुन्थ्यो ।
फुजिमोरी को र कहाको थियो? सिर्फ मोहरा थियो । साम्राज्यवादि नोकर बनेर पेरुको क्रान्ति दमन गर्‍यो । तर्साउने र आत्मासमर्पण गराउने कोशीष नगरनुस्- हामी हिमाल पहाड र तराइका हरेकदिन ब्युझन जानेका छोरा छोरी हौ । बिप्लबका मान्छे घटाएको रिपोर्ट बुझाएर तपाईंको आयु बढाउने बाध्यता भए, केपी र बादल दाई, मलाई यो जुनि दास बनेर धेरै बाच्नु छैन । हान्दिये हुन्छ, मेरो रगतको रातो धाराबाट के जन्मिन्छ त्यो तपाईं अनुमान पनि गर्न सक्नु हुन्न । ईतिहास साक्षी छ, दलालको रगत, गद्दारको रगत र योद्धाको रगत बिच धेरै अन्तर छ । र महसचिव बिप्लव योद्धाहरुको आदर्श हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु