‘ओम्याक्स’ फिल्म हलमा भिषण आगलागी

२०७५ श्रावण २३ गते, बुधबार

काठमाडौं, २३ साउन । हेटौंडाको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ । आज बिहान हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित ओक्याक्स सिनेमा हलमा आगलागी भएको हो । बिहान एक्कासी हलभित्रबाट धुवाँ निस्कन थालेपछि आगो फैलिएको हो । आगोलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको ठुलो टोली पुगिसकेको छ ।घटनास्थलमा पुगेको प्रहरीको टोलील हलको भित्री भागमा बिजुली सर्ट भएपछि आगलागी भएको जनाएको छ । तर आगो नियन्त्रणमा आइनसकेकाले यसबारे विस्तृत विवरण बुझ्न समय लाग्ने प्रहरीले जनाएको छ । प्रत्यक्ष दर्शकका अनुसार फिल्म हल पूर्ण रूपमा क्षति भएको छ । नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरीले आगो निभाउने प्रयास भइरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार