ओबामाले चलाउने मोबाइल र कार

२०७१ माघ १० गते, शनिबार

काठमाडौँ । अहिलेसम्मकै सबैभन्दा बढी प्रविध्रि्रेमी भनेर चिनिने अमेरिकी राष्ट्रपति बाराक ओबामाले कस्तो मोबाइल फोन बोक्छन् होला? उनले बोक्ने मोबाइल फोन कुन ब्राण्डको होला – यो जान्ने चाहना सबैको हुनु स्वभाविकै हो । विश्वको सबैभन्दा शक्तिशाली देशका सबैभन्दा विशिष्ठ मानिसले बोक्ने मोबाइल फोनको लुक्स मात्र होइन सुरक्षा फिचर्ससमेत लरतरो हुने कुरै भएन । उनको मोबाइल फोनमा कर्ता कर्ता सेक्युरिटि फिचर्स होलान् त – ओबामाले सायद अमेरिकी कम्पनी एप्पललको सबैभन्दा सुरक्षित मानिएको आइफोन नै बोक्छन् होला भन्ने अनुमान धेरैको हुन्छ । तर होइन, ओबामाले ब्ल्याकबेरी कम्पनीको मोबाइल फोन चलाउँछन् । ओबामाले पछिल्लो एकदशक यता ब्ल्याकबेरीको मोबाइल चलाउँदै आएका छन् । हृवाइटहाउस भित्र होस् वा बाहिर उनले ब्ल्याकबेरी नै प्रयोग गर्न गर्छन् । उनले प्रयोग गर्न ब्ल्याकबेरी फोनको विशेषता यस्ता छन् । विश्वका सबैभन्दा शक्तिशालीमध्येका एक तथा निकै संवेदनशील मानिसको रूपमा रहेका ओबामाको लागि मोबाइल सेक्युरिटीको कुरा गर्दा केवल पार्सवर्डमात्र पर्याप्त हुने कुरै भएन । यस्ता व्यक्तिको फोनलाई हृयाकरहरूले निसाना बनाइरहेका हुन्छन् र त्यसबाट धेरै खाले सूचना चोरि गर्न जोखिम हुन्छ ।
ओबामाले एक दशक भन्दा धेरै समयदेखि ब्ल्याकबेरीको प्रयोग गरिरहेका छन् । तथापि सन् २००८ मा राष्ट्रपति बनेपछि केही समयका लागि उनले सेक्टेरा एज फोन प्रयोग गर्नु पर्यो जुन अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सीले विशेष रूपले ओबामाकै लागि भनि डिजाइन गरेको थियो । तर, ओबामाले केही समयपछि नै ब्ल्याकबेरीको स्मार्टफोन लिएर उक्त सेक्टेरा फोन प्रयोग गर्न छाडे । उक्त ब्ल्याकबेरी फोनमा सेक्योर भ्वाइस नामको विशेष सेक्योरिटी सफ्टवेयर इन्स्टल गरिएको थियो । सो सफ्टवेयर समेत अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीले नै तयार गरेको हो ।
ओबामाका लागि ल्याइएको ब्ल्याकबेरी फोनमा कम्पनीले राखेका सबै फिचर्सहरू हटाइएको थियो, ता की उक्त फोनका विद्यमान फिचर्सका आधारमा हृयाकरले ओबामाको फोनलाई हृयाक गर्न नसकोस् । ओबामाले प्रयोग गर्न मोबाइल फोनमा कुनैपनि गेम एप्लिकेसन छैन । त्यसका साथै उक्त मोबाइलमा सेल्फी क्यामरा र टेक्स्ट म्यासेज पठाउने सुविधा पनि छैन । यद्यपि यसमा उच्चस्तरीका गोप्य म्यासेज डिकोड गर्न फिचर्स भने भएको बताइन्छ ।
बाराक ओबामाको यो फोनबाट केवल १० वटा नम्बरमा मात्र कल गर्नसकिन्छ । ओबामाको जस्तै एनक्रिप्सन प्रयोग गर्न मोबाइलमा मात्र यसबाट फोन गर्नसकिन्छ । ओबामाको मोबाइलबाट उपराष्ट्रपछि जो बाइडन, ओबामाको चीफ अफ स्टाफ र केही उच्च पदस्थ सल्लाहाकार, उनका प्रेस सेक्रेटरीका साथै आफ्नी श्रमिती मिचेल ओबामा र परिवारका अन्य सदस्यलाई मात्र फोन गर्नसकिन्छ ।
सुत्रहरूका अनुसार राष्ट्रपति ओबामाको ब्ल्याकबेरी फोन एउटा सेक्योर बेस स्टेसनबाट मात्र कनेक्ट हुनसक्छ जसले यो फोनको आइएमइआइ नम्बर लुकाइदिन्छ । यसका कारण ओबामाको फोनको ट्रयाकिङ गर्न असम्भव हुन्छ । त्यसैले ओबामा जहाँ पुग्छन् त्यहाँ हृवाइटहाउस कम्युनिकेसन एजेन्सीले उक्त सेक्योर बेस स्टेसन उपकरण बोकेर लैजानर्ुपर्छ ।
राष्ट्रपतिको लिमोजिन कार र जहाजमा समेत यो उपकरण राखिएको हुन्छ । यो स्टेशन वासिंटनको एक गोप्य स्याटेलाइट लिंकबाट जोडिएको हुन्छ ।
यसैगरी, अमेरिकी राष्ट्रपति बाराक ओबामा ‘बीस्ट’ नामको कार चढ्छ । बीस्टको अर्थ हुन्छ जंगली वा पागल जनावर अथवा सबैभन्दा क्रुर व्यक्ति । विशेषज्ञका अनुसार यो कार कुनै व्याटल ट्यांकभन्दा कम छैन । एउटा यस्तो कार जसलाई ट्रान्सपोर्ट गर्नका लागि संसारको सबैभन्दा हृयाभी ट्रान्सपोर्ट एयरक्राफ्टको प्रयोग गरिने बताइएको छ । के हो बीस्ट – एयरफोर्सवन र मरिन वनजस्तै यो कारलाई पनि क्याडियलिक वन पनि भनिन्छ ।
अमेरिकी राष्ट्रपतिका आधिकारीक कारलाई शेवरलेट कम्पनीले तयार गरेको छ । बीस्ट अमेरिकी राष्ट्रपतिको आधिकारीक कार हो ।
बीस्ट भन्दा पहिले पनि ओबाले थुप्रै कारहरूलाई आफ्नो आधिकारीक कारको रूपमा प्रयोग गरिसकेका छन् । सन् १९३० देखि अमेरिकाको फेडरल सरकारले राष्ट्रपतिका लागि एक आधिकारीक कारको प्रयोगको मञ्जुरी दिएको थियो । आधिकारीक कारमा त्यस्ता कारहरू मात्र प्रयोग गर्न अनुमति दिइएको थियो जसमा एडभान्स कम्युनिकेसन इक्विपमेन्ट्स, आर्म प्लेटिङ र एडभान्स डिफेन्स इक्विपमेन्ट्स प्रयोग गरिएको हुन्छ ।
बीस्ट राष्ट्रपतिको त्यहि कार हो जसमा सुरक्षाको दृष्टिकोणबाट कस्टमाइज गरिएको छ । बीस्टको आवरण यस्तो छ ; मूल्यः १.५ मिलियन डलर, लम्बाईः १८ फिट, उचाईः ५ फिट १० इन्च, तौलः आठ टन, टप स्पिडः मात्र १५ सेकेन्डमा ६० मिलको गति, सिटः राष्ट्रपतिसँगै सात मानिसहरूको लागि सिट रहेको छ /राष्ट्रपति बाराक ओबामालाई बीस्टबाहेक अरु कुनै कारमा यात्रा गर्नसक्दैनन् । अरु देशको यात्रा गर्दासमेत उनी यहि कारमा नै यात्रा गर्न पाउनेछन् ।
२. सिक्रेट र्सर्भिस एजेन्टले दिनेछन् अनुमतीः बीस्टलाई अमेरिकाबाट अर्क कारमा ट्रान्सपोर्ट गर्नका लागि सिक्रेट र्सर्भिस एजेन्ट्स सी-१७ ग्लोबमास्टरको प्रयोग गरिन्छ । सी-१७ लाई संसारको सबैभन्दा गह्रुङ्गो एयरक्राफ्ट मानिन्छ ।
३. ड्राइभर सिक्रेट र्सर्भिस एजेन्टः यो कारलाई ड्राइभ गर्नका लागि ड्राइभर सिक्रेट र्सर्भिस एजेन्ट मात्र हुने गर्द । कारलाई ड्राइभ गर्नका लागि त्यो भन्दा पहिले टेस्टमा पास हुनुपर्न हुन्छ ।
४. मिलिटि्र स्याटालाइटसँग सम्बन्धः बीस्टको निकनेम रोडरनर हो र यसलाई रोलिङ कम्युनिकेसन अफिस पनि भनिन्छ । यो कार सिधै मिलिटि्र स्याटलाइटसँग जोडिन्छ ।
५. गोलीले छुनसमेत सक्दैन ओबामाः बीस्टमा आठ इन्चको आर्म प्लेटिङ राखिएको छ र यसको ढोकाको तौल बोइंग ७५७ एयरक्राफ्टको ढोकाजत्तिकै छ । पाँच इन्चको मोटो बुलेटप्रुफ लेयर यसको झयालमा छ । अर्थात कुनै पनि रूपमा बुलेट शट ओबामालाई छुनसमेत सक्दैन ।
६. नाइट भिजन र पम्प एक्सन शट गनःबीस्टमा विशेष रूपमा तयार गरिएको डिजाइनले नाइट भिजन क्यामरा र पम्प एक्सन शर्टगर्न सधैँ रहनेछ । यसका साथै यसमा अक्सिजन सप्लाइका लागि पनि पूरा व्यवस्था मिलाइएको छ ।
७. ओबामाको रगतको बोतल पनि सगैः बीस्ट सायद संसारको पहिलो यस्तो कार हो जसमा एउटा स्पेशल बक्स बनाइएको छ जसमा ओबामाको रगतको बोतल सुरक्षित राखिएको छ । यो कुनै पनि आपतकालीन अवस्थामा काम लाग्ने बताइएको छ ।
८. टायर पडि्कएको अवस्थामा पनि ओबामा हुनेछन् सुरक्षितः यो कारको डिजाइन यस प्रकारले डिजाइन गरिएको छ जुन यदि पडि्कएमा पनि कारलाई सुरक्षित तरिकाले निकाल्न सकिनेछ ।
९. रकेट र ग्रेनेट अट्याकबाट सुरक्षितः यो गाडीमा चेसिस रिइन्फोर्सड्स स्टिल प्लेट राखिएको छ । अर्थात यदि कारमाथि रकेट वा ग्रेनेडद्वारा आक्रमण गरिएता पनि यसमा केहि असर पर्ने छैन ।

प्रतिक्रियाहरु