एसएसवीको कार्य निन्दनीय : माओवादी

२०७२ मंसिर १० गते, बिहीबार

काठमाडौ , १० मंसिर । नेकपा माओवादीले सुनसरीको भाण्टाबारीमा भारतीय सेनाले नेपाली नागरिकमाथि गोली चलाएको घटना प्रति निन्दा एवं घोर भर्त्सना गरेको छ । भारतीय सीमा सुरक्षा बल नेपालको सीमाभित्र पसी अन्धाधुन्ध गोली चलाएर ४ जना नेपाली जनता गंभीर घाइते भएको घटनाको घोर भर्त्सना गर्दै भारतको विरोध गरेको छ । भारतीय सुरक्षा बलले आगो तापिरहेका २८ वर्षीय अशोक यादव, ३० वर्षीय सरोज यादव, मनोज यादव र १८ वर्षीय नरेश कुमार यादव भारतीय सीमा सुरक्षा बलले ताकेर चलाएको गोली हानेको घटना प्रति घोर भत्र्ससना गरेको हो ।
यसैगरी सेनाले गोली चलाएको घटनाको जिम्मा लिएर आत्मालोचित हुँदै क्षमा माग्नुको सट्टा भारतीय राजदूतले तस्करमाथि गोली चलाएको भन्ने वक्तव्यले स्वाभिमानी नेपालीलाई आक्रोसित बनाएको विज्ञप्ती मार्फत जनाएको छ ।
माओवादीले भण्टावारी घटनाको जिम्मा लिई त्यसप्रति पश्चताप गर्दै सार्वजनिक रुपमा माफी माग्न र आगामी दिनमा यस्ता घटना नघटाउने सार्वजनिक प्रतिबद्धता र घटनालाई लिएर अन्तर्राष्ट्रिय क्षेत्रको गम्भीर ध्यानकर्षण गराउन माग गरेको छ ।
नेकपा माओवादीका महासचिब विप्लवले जारे गरेको प्रेस बक्तब्यको पूर्ण बिबरण यस प्रकार रहेको छ – “मंसीर ९ गते बुधबार बिहान सुनसरी जिल्लाको भारतीय सीमासंग जोडिएको हरिपुर गाविस ७ मा भारतीय सीमा सुरक्षा बल (क्क्द्य)ले १०० मीटर नेपालको सीमाभित्र पसी अन्धाधुन्ध गोली चलाएर ४ जना नेपाली जनता गंभीर घाइते बनाएको खबरले हाम्रो ध्यानाकर्षण गरेको छ । बुधवार बिहान ६ बजेतिर भारतीय सुरक्षा बलको गोलीबाट भुर तापिरहेका २८ वर्षीय अशोक यादव, ३० वर्षीय सरोज यादव, मनोज यादव र १८ वर्षीय नरेश कुमार यादव भारतीय सीमा सुरक्षा बलले ताकेर चलाएको गोली लागि गम्भीर घाइते बनाइएको छ । भारतीय शासकहरुले गरेको यो गोलीकाण्डको हाम्रो पार्टी घोर भत्र्ससना गर्दछ । यो घटनाको जिम्मा लिएर आत्मालोचित हुँदै क्षमा माग्नुको सट्टा दिउँसै रात पार्ने गरी भारतीय राजदूतले तस्करमाथि गोली चलाएको भन्ने वक्तव्यले स्वाभिमानी नेपालीलाई आक्रोसित तुल्याएको छ । भारतीय शासक वर्गले भण्टावारी घटनाको जिम्मा लिई त्यसप्रति पश्चताप गर्दै सार्वजनिक रुपमा माफी माग्न र आगामी दिनमा यस्ता घटना नघटाउने सार्वजनिक प्रतिबद्धता गरोस् । उक्त घटनामा घाइते भएकाहरुको तुरुन्त उपचारको व्यवस्था गरियोस् भन्ने माग गर्दछ । सााथै उक्त घटनालाई लिएर अन्तर्राष्ट्रिय क्षेत्रको गम्भीर ध्यानकर्षण होस् भन्ने अपील पनि गर्दछ ।
भारतीय शासकहरुले नेपालमाथि लगाएको नाकाबन्दी र हस्तक्षेप विरुद्ध हाम्रो पार्टीले यस अघि नै संघर्षको घोषणा गरिसिकिएको छ । उक्त संघर्षमा ऐक्यबद्धता, सहयोग, समर्थन र सहभागिताकालागि पुनः अपील गरिन्छ । ”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु