एसएलसी परीक्षा सम्पन्न

२०७१ चैत्र १३ गते, शुक्रबार

काठमाडौं,१३ चैत । गतचैत ५ गतेदेखि सुरु भएको यस वर्षको एसएलसी परीक्षा सकिएको छ । प्राविधिकतर्फको परीक्षा भने सोमबार सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले बताए । प्राविधिकतर्फ यस वर्ष ३ हजार २ सय ८८ परीक्षार्थी सहभागी छन् । उनीहरुको परीक्षाफल ग्रेडिङ् सिस्टममा प्रकाशित हुनेछ । यो वर्षको एलएलसी परीक्षामा कूल५ लाख ७४ हजार ६ सय ८५ जना परीक्षार्थी सहभागी थिए । परीक्षा नियन्त्रक द्वारेका अनुसार यसवर्ष तराईका केहि जिल्लामा अनियमितता भएको गुनासो आएपनि समग्रमा परीक्षा शान्तिपुर्ण रुपमा सकिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु