एसएलसीको परीक्षा चैत्र ५ देखि

२०७१ मंसिर ६ गते, शनिबार


काठमाडौँ । -परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षो एसएलसी परीक्षाको परीक्षा तालिका र्सार्वजनिक गरेको छ । आगामी चैत्र ५ गतेदेखि संचालन हुने गरी परीक्षा तालिका र्सार्वजनिक गरेको हो । माध्यमिक शिक्षा उत्तीण परीक्षा बोर्डको बैठकले निर्ण्र् गरेअनुसार चैत्र ५ गतेदेखि १३ गतेसम्म लिखित परीक्षा संचालन हुने र १६ गतेसम्म प्रयोगात्मक परीक्षा संचालन हुने जनाइएको छ । परीक्षा कार्यक्रमको तालिका –
चैत्र ५ गते, अनिवार्य अंग्रेजी, चैत्र ६ मा अनिवार्य नेपाली, चैत्र ८ मा अनिवार्य गणित, चैत्र ९ मा अनिवार्य विज्ञान, चैत्र १० मा अनिवार्य सामाजिक, चैत्र ११ मा स्वास्थ्य जनसंस्या तथा वातावरण शिक्षा, चैत्र १२ मा ऐच्छिक प्रथप पत्र, चैत्र १३ मा ऐच्छिक दोस्रो पत्रको परीक्षा हुनेछ ।

प्रतिक्रियाहरु