एसइईमा चिट चोर्ने चोराउनेलाई एक लाख जरिवाना

२०७४ चैत्र ४ गते, आईतवार

काठमाडौं , ४ चैत । राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षामा चिट चोर्ने / चोराउनेलगायतका अमर्यादित गतिविधि भएमा एक लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने बोर्डले जनाएको छ । यस बर्ष एसइईमा प्रदेशअनुसार प्रश्नपत्र तयार हुन नसकेपछि चारवटा क्लस्टरका आधारमा प्रश्नपत्र छापिएका छन् । ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हुने यो परीक्षामा नियमित र एक्जाम्टेडको छुट्टाछुट्टै प्रश्नपत्र छापिएको छ ।
चैत ८ देखि १८ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । गत बर्षदेखि अक्षरांक प्रणालीबाट परीक्षाफल प्रकाशित हुँदै आएको छ । आगामी बर्षदेखि एसइई परीक्षा ७ वटै प्रदेशबाट सञ्चालन गरिँदै छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु