एशिया प्रशान्त क्षेत्रीय नागरिक उड्डयन महानिर्देशकहरुको सम्मेलन सुरु

२०७६ भाद्र २ गते, सोमबार

काठमाडाैँ, २ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) अन्तरगत एशिया प्रशान्त क्षेत्रीय नागरिक उड्डयन महानिर्देशकहरुको सम्मेलनकाे उद्घाटन गरेका छन । उद्घाटन शत्रमा सम्बाेधन गर्दै प्रधानमन्त्री आेलीले नेपालमा देखिएका हवाइ क्षेत्रका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेकाे बताए । उनले नेपाल प्रकृतिकै कारण धेरै सुन्दर देश हाे भन्दै पर्यटकहरुका लागि रमणीय रहेकाे बताए । यहाँकाे हवाइ क्षेत्रमा पनि प्रगति हुँदै गएको र आर्थिक सुरक्षाका क्षेत्रमा क्रमिक सुधार भएकाे जानकारी दिँदै प्रम आेलीले नेपाल भ्रमण वर्ष २०२० काे अवसरमा यहाँकाे भ्रमण गर्न उपस्थित विदेशी पाहुनाहरुसामु निम्ताे दिए । नेपालको मुख्य क्षेत्र नै पर्यटन रहेको भन्दै उहाँले यसमा कनेक्टिभिटीको ठूलो महत्त्व रहेको समेत बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि नेपालमा हवाई क्षेत्र सुधार हुँदै गएकाे जानकारी दिए । उनले हवाई सुरक्षाबारे विभिन्न तहमा छलफल भइरहेकाे र अझै प्रगति हात पार्न सकिने बताउदै वाई उड्डयनको क्षेत्रमा नेपालले नीतिगत सुधार गर्दै एसिया क्षेत्रमै नेपाल उत्कृष्ट रहेकाे बताए ।
सम्मेलन शुक्रबारबारसम्म चल्नेछ । सम्मेलनमा ४३ मुलुकका २ सय ९१ प्रतिनिधिहरुकाे सहभागिता रहेकाे नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ । साथै २६ वटा प्रवर्धदक संस्था तथा अन्य सहभागी गरी करिब ४ सय जना विदेशी पाहुनाहरु काठमाडाैँ आएकाे प्राधिकरणकाे दाबी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार