एलेप्पो शहरमा हवाई आक्रमण

२०७३ आश्विन ८ गते, शनिबार

काठमाडौं, ८ असोज । सिरियाको एलेप्पो शहरमा गरिएको हवाई आक्रमणमा फेरि २७ जना मारिएका छन् । सरकार र विद्रोहीबीचको संघर्षमा सर्वसाधारण मारिने क्रम तीब्र बनेको छ । विद्रोहीको नियन्त्रणमा रहेको एलेप्पोमा सरकारी सेनाले कब्जा जमाएको घोषणा गरेको केही घण्टापछि फेरि गरिएको हवाई आक्रमणमा उनीहरु मारिएका हुन् । यस हवाई आक्रमणमा सिरिया र रुसी विमानको संलग्नता रहेको जनाइएको छ । यद्यपि, रुसका तर्फबाट यसबारे कुने आधिकारिक पुष्टि भएको छैन । यता, अमोरिका र रुसबीच सिरियामा भइरहेको संघर्ष अन्त्यका लागि सुरु भएको वार्ता पनि कुनै निष्कर्ष बिना टुंग्गिएको छ । सिरियामा रुसले राष्ट्रपति बशर अल असदको नेतृत्वको सरकार तथा अमेरिकाले विपक्षलाई समर्थन गरेका छन् ।
यसैबीच रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले सिरिया द्वन्द्व समाधानका लागि अमेरिका र रुसबीच सहमति आवश्यक रहेको र सहमतिमा युद्धविराम गर्नुको विकल्प नरहेको बताए । संयुक्त राष्ट्रसंघको महासभामा रुसी विदेशमन्त्री लाभरोभले अमेरिकाले आफ्नो समर्थन रहेका विपक्षीलाई नियन्त्रणमा राख्न नसकेको आरोप पनि लगाए । – एजेन्सी

प्रतिक्रियाहरु