एलडीओलाई कालोमोसो !

२०७४ आश्विन २ गते, सोमबार

काठमाडौं, २ असोज । नेपाल कम्युनिस्ट पार्टी रामेछापले जिल्ला विकास अधिकारी (एलडीओ) दिनेशराज पन्तलाई कालोमोसो दलेको छ । उनलाई करोडौं रुपैयाँ भ्रष्टचार गरेको आरोपमा कालोमोसो दलेर कारवाही गरेको नेकपा रामेछापले बताएको छ । आज मध्यान्ह साढे १२ बजे एलडीओ पन्तलाई कार्यकक्षमै पुगेर नेकपाका कार्यकर्ताले कालोमोसो दलेर कारवाही गरेका हुन् ।
जिल्लाका विभिन्न सडक निर्माण र विकास योजनामा प्राविधिक र इञ्जिनियरसँग मिलेर ठेक्का काम र स्थानीय उपभोक्ता समूहका फाइल अड्काएर करोडौं रुपैयाँ घुस खाएको उजुरीको आधारमा मोसो लगाएर सचेत स्वरुप पार्टीले कारवाही गरेको नेकपा रामेछापका सेक्रेटरी अभिलाषले बताए ।
पन्तलाई स्थानीय विभिन्न क्षेत्रका खोला र ढुंगा खानीमा कमिसन लिएर अवैध व्यापार गर्न दिएको, कमिसन खाएर दलाल ठेकेदारलाई जोखिम स्थानमा गिट्टी र बालुवा झिक्न दिइएकालगायत ४ वटा आरोप पन्तमाथि लगाइएको छ ।

प्रतिक्रियाहरु