एमाले संसदीय दलको बैठक जारी

२०७१ श्रावण ४ गते, आईतवार


काठमाडौ, ४ साउन । हिजोवाट सुरु भएको नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्दैछ । दिउँसो बस्ने बैठकमा संसद र संविधानसभा भित्र पार्टीले खेल्ने भूमिका र सरकारसँगको समन्वयका विषयमा छलफल हुनेछ ।
हिजोको बैठकमा सभासदहरुले मन्त्रीहरुको आलोचना गरेका थिए । संविधानसभा भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको बैठकमा हिजो बोल्न बाँकी रहेका सभासदहरुले आज भनाई राख्नेछन् ।
बैठकमा बोल्ने सभासद्ले बजेटमा पार्टीको प्रभाव कम भएको, सरकारका कामकारबाही सुस्त रहेको आलोचना गरेका छन् ।हिजो ऊर्जामन्त्री राधाकुमारी ज्ञवाली, कृषिमन्त्री हरिप्रसाद पराजुली, भूमिसुधार मन्त्री दलबहादुर रानाले आ–आफ्नो मन्त्रालयमा गरेको कार्यको प्रगति विवरण बैठकमा प्रस्तुत गरेको र आज अरु मन्त्रीले पनि भनाई राख्ने एमाले सभासद भरत साउदले जानकारी दिए ।

प्रतिक्रियाहरु