एमाले -माके एकता संयोजन समितिको बैठक सुरु

२०७५ बैशाख ४ गते, मंगलवार

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले तथा माओवादी केन्द्र एकीकरणबारे छलफल गर्न पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ। एकताका लागि मिल्न नसकेका विवादका विषयहरु टुंगो लगाउनु बैठकको मुख्य उद्देश्य रहेको जनाइएको छ । यसअघि दुवै पार्टीको एकता वैशाख ९ का लागि तय गरिएकाे थियाे, सोही मितिमा एकता टुंग्याउन आज निर्णायक छलफल हुने बताइएको छ ।
मिल्न नसकेका मुख्य कुरा, जनयुद्ध र एकता अनुपात र चुनाव चिन्हमा आजको बैठकले सहमति खोज्ने प्रयास गर्ने बताइएको छ । सोमबार दुई पार्टीका अध्यक्षबीच बालुवाटारमा छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवासमा हुन लागेको बैठकले वैशाख ९ मा पार्टी एकता घोषणा हुने वा नहुने विषयमा निष्कर्ष निकाल्नेछ । साे समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु