एमाले-माओवादी केन्द्रबीच झडप

२०७५ बैशाख ९ गते, आईतवार

काठमाडौं, ९ वैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीच झडप भएको छ ।पार्टी एकताको अन्तिम तयारीमा रहेका एमाले र माओवादी केन्द्रबीच पहिलो संयुक्त कार्यक्रममै विवाद उत्पन्‍न हुदा झडप भएको हो । आज लेनिनको जन्म जयन्ती तथा कम्युनिस्ट पार्टी स्थापनाको अबसरमा अायोजना गरिएको कार्यक्रमको व्यानरबारे विवाद उत्पन्‍न भएपछि झडप भएको हो ।
काठमाडौंको राष्ट्रिय सभागृहमा अायोजित कार्यक्रमको व्यानरमा लेनिनको फोटो राखिएको छैन । व्यानरमा एमालेले सधै प्रयोग गर्दै अाएको पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको फोटो थियो । त्यसैगरी व्यानरको एउटा कुनमा एमाले अध्यक्ष केपी ओली र माके अध्यक्ष प्रचण्डको फोटो राखिएको थियो । लेनिन जयन्तीमा लेनिनकै फोटो नभएपछि हलमा उपस्थित माके कार्यकर्ताहरुले विरोध गरेका थिए । सुरुमा नाराबाजी गर्दै व्यानर हटाउन खोजेका थिए । त्यसलगत्तै एमाले कार्यकर्ताहरुले रोकेका थिए ।

प्रतिक्रियाहरु