एमाले-माओवादीको गठबन्धन ठगहरुको झुण्ड

२०७४ मंसिर ४ गते, सोमबार

काठमाण्डौ , ४ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादीको गठबन्धन ठगहरुको झुण्ड भएको बताएका छन् ।
निर्वाचन क्षेत्र २ को छिन्नमस्ता गाउँपालिका-३ गोविन्दपुरमा फोरम नेपाल र राजपाको संयुक्त सभालाई सम्बोधन गर्दै यादवले एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धन मधेशसहित पूरै देशको लागि घातक भएको बताए । उनले ढोगको खोल ओडेका कम्युनिष्टहरुको असली चरित्र जनताले बुझ्न जरूरी भएको बताए ।
अध्यक्ष यादवले सिंहदरबारले मधेशलाई देख्नै नचाहेको टिप्पणी गरेका छन । मधेशप्रति सिंहदरबारको नियत ठिक नभएको अारोप लगाउँदै यादवले मधेशमाथि कसैले कुदृष्टि राख्ने दिन गएको समेत बताए ।
सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदार समेत रहेका यादवले मधेशमा बहुमत ल्याएर संविधान संशोधन गराई छाड्‍ने ठोकुवा गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु