एमाले नेता केपी ओलीलाई प्रश्न- ‘विप्लवलाई डोमिनेट गर्ने तिमी को ? – किरणप्रकाश बिसी

२०७४ मंसिर १९ गते, मंगलवार

अल्वर्ट आइनइस्टाइनले भनेका थिए “तेस्रो विश्वयुद्ध के ले हुन्छ म भन्न सक्दैन तर चौथो विश्वयुद्ध ढुगां मुढाले हुनेछ “। विप्लवलार्इ भार्इ भनेर होच्याऊने, बुचर खोलेर बस्नु भनेर पाेलिटिकल डोमिनेट गर्ने, देशैभरि विप्लवका कार्यकार्तालार्इ राजनीतिक आस्थाका आधारमा घरमा सुतेका आइमार्इदेखि जवानसम्मलार्इ चुनाव सफल पार्न भन्दै चिसो जेलको छिडीमा राखेर विचारलाइ कैद गर्नखोज्ने । गणतन्त्र ल्याऊने योद्दाहरुलार्इ भूमिगत हुन बाध्य पार्ने अनि तिमीहरुलार्इ बाँसी अनुहार देखाऊन, घरदैलोमा जादा सबैले फूलमाला ल्याएर आऊनुपर्ने ?
क्रान्ति सानो चिज होइन तर सानो चिजबाट सुरु हुन्छ । हेक्का रहोस ! निर्मम लडार्इ भयो भने तिमीले गाउँको ८० प्रतिशत छाडेर शहरको २० प्रतिशतभित्र होटेलमा चेस खेलेर दिन काट्न बाध्यहुनेगरी देश ऊलटपुलट पार्ने औकात राख्ने योद्दाको नाम हो विप्लव । राणा ढले । पंचायत ढले । राजा ढले । बहुदलले घुणा टेके । तिमी संसदवादी को हौ र अजम्बरी हुने ? पहिलो संविधानसभामा भोट माग्यौ जनताले भोट दिए । फेरि दोस्रो पटक संविधान लेखियो भने देशले कोल्टे फेर्छ भन्यौ जनताले भोट दिए ! स्थानीय चुनाव भयो भने देशले मुहार फेर्छ भन्यौ जनताले भोट दिए । अझै यो संसदीय चुनाव भयो भने देशले मुहार फेर्छ भनेर अर्को लुट मच्चाऊने तिमीहरु नै होइन ?
चुनावमा ललिपप देखाएर पाच सालमा एक पटक नयाँ नयाँ अनुहार ल्याउँदै पूरानो रोगको उपचारमा जनताले आफु अनुकुल जे छ त्यही दिन्छन । कसैले फूलमाला दिन्छन् भने ग्रहण गर्नु । त्योसँगसँगै कुनै कुनै ठाउँमा आक्रोशका ज्वालामुखी दन्किन्छन् भने त्यो पनि निल्ने सहास बोकेर आऊनु । अन्यथा वैधानिक लुटेराहरुको राजनीतिमा कुनै दायित्व हुनेछैन ।
कस्तो अनैतिक भाषा प्रयोग गर्छन् – ‘बम हानेको विप्लवले जिम्मा लिनु पर्यो अरे’ । ४५ लाख नेपाली युवा विदेशमा श्रम गर्न बाध्य छन्, के तिमी र तिम्रो सरकराले यसको जिम्मा लिनपर्दैन ? देश दक्षिण एसियाकै दरिद्र र भ्रष्ट भैसक्यो, के तिम्रा नेताले यसको जिम्मा लिनपर्दैन ?
दैनिक विदेशबाट प्रत्येक दिन ३ जनाको लाश नेपाल भित्रिन्छ । के तिमी शासकको तलुवा चाट्नेहरूले यसको जिम्मा लिनुपर्दैन ? गाऊ घरमा किसान सर्वहाराहरु ६ महिना देशभित्र र ६ महिना प्रदेश गरेर परिवार पाल्छन्, के तिमीले गाउँको जिम्मा लिनुपर्दैन ? भोटको प्वालबाट सत्ताको दरवारमा पस्ने अनि शहरबाट बेला मौका चुनावको बेला २,४ जना ट्यापे, मुन्द्रे सहितभ्रष्टाचारी अनुहार देखाउन (घरदैलो )गर्दै आश्वासन बाँड्दै दैलो चहार्ने डुलुवा कार्तिके नेतालार्इ जनताले प्रतिरोध गर्न पाउनु अधिकारकै कुरा हाे ।
भोट हाल्न पाउने जनताको अधिकार जति अधिकार छ, त्यसैगरी प्रतिरोध र संघर्षनै अाज क्रान्तिकारी जनताकाे अर्काे अधिकार पनि उत्तिकै छ । याे एक ढंगकाे फौजी निकास हो । – हाल दक्षिण काेरिया

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु