एमालेमाथि मधेस र पहाडलाई झगडा गराउन लागेको आरोप

२०७३ माघ ३ गते, सोमबार

काठमाडाैँ, ३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेस र पहाडलाई झगडा गराउन नेकपा एमाले लागेको आरोप लगाएका छन् । नेपाली कांग्रेस कास्कीले सोमबार पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति देउवाले हिमाल, पहाड र तराईबीचको एकता नै देशको आवश्यकता भएको भन्दै झगडा पार्ने काम कसैले गर्न नहुने बताए । ५ नम्बर प्रदेशका केही जिल्लाको सिमांकन छुट्याउने निर्णयमा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच हस्ताक्षर गरिएको विषय भएको र सोही बमोजिम नै संशोधन प्रस्ताव आएको उनको भनाइ थियो ।
सभापति देउवाले आगामी निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिए । उनले संविधानको सफल कार्यान्वयनका लागि आगामी तीनवटै निर्वाचन कांग्रेसले जित्नुपर्ने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु