एमालेद्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

२०७३ माघ ५ गते, बुधबार

काठमाडौं,५ माघ । नेकपा एमालेले स्वास्थ्य क्षेत्रमा राजनीतिक पूर्वाग्रह नराखी काम गर्न स्वास्थ्यमन्त्री गगन थापालाई ध्यानाकर्षण गराएको छ । सो दलका स्वास्थ्य विभागका प्रमुख सुचिता शाक्य र पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा गएको टोलीले मन्त्री थापालाई बुधबार उनकै कार्यकक्षमा भेट गरी विगतमा स्वास्थ्य क्षेत्रमा भएका कामलाई निरन्तरता दिन आग्रहसमेत गरेको हो । सो अवसरमा मन्त्री थापाले गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबैको पहुँचमा आफूले ध्यान दिने उल्लेख गर्दै ध्यानाकर्षणले पनि सहयोग मिलेको बताए । – रासस

प्रतिक्रियाहरु