एमालेको पदाधिदिकारी बैठक बस्दै

२०७१ भाद्र १६ गते, सोमबार


काठमाडौ, १६ भदौ । नेकपा एमालेको पदाधिकारी आज मध्यान्ह १२ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठकमा संविधानसभाका अन्तरवस्तुमा पार्टीको अवधारणा बनाउन छलफल हुने बताइएको छ । संविधानका विवादित विषयमा पार्टीको बटमलाइन तय गर्न बैठक बस्न लागेको पार्टी सचिव युवराज ज्ञवालीले बताए । संविधानका विवादित विषयमा छिटो सहमति गर्नुपर्ने भएकाले एमालेले विवादित विषयमा पार्टीगत धारणाउन बैठक बस्न लागेको हो ।
यसैबीच हिजो बसेको एमालेको पधादिकारी बैठकले न्याय प्राणालीको विषयमा छलफल गरेको छ । बैठकले स्वतन्त्र न्यायप्रणालीलाई बलियो बनाउने, मुलुक संघीयतामा गएपनि अदालत भने अहिलेकै अवस्थामा हुनुपर्ने, न्यायधिकांश नियुक्ति निष्पक्ष गर्नुपर्ने निर्णय गरेको सचिव ज्ञवालीले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु