एमालेको नवौ महाधिवेशन र्सवहाराकालागि “कौवालाई बेल पाक्यो हर्ष न विस्मात’-हुकुमबहादुर सिंह

२०७१ श्रावण ३ गते, शनिबार


नेकपा एमालेको नवौ महाधिवेशनको समाप्तीसगै उसले आजसम्म राख्दै आएको कम्युनिष्टको ट्रेडमार्कको अन्त्य भएको छ । रघुजी पन्तले पाचौ महाधिवेशनमा अब पार्टीीमाजवादी लोकतन्त्रवादको सिद्धान्तमा अघि बढनु पर्दछ र यसले कम्युनिष्टको सबै नाम, सिद्धान्त, विचार, झण्डा फेर्नु पर्दछ भनेर एमालेको भावी कार्यदिशाबारे प्रस्ताव पेश गरेका थिए । यद्धपि उक्त महाधिवेशनमा उनले समेत आफ्नो प्रस्तावमा मत नखसालेर उनको मतले जिरो मत पाएको थियो । उनले किन त्यसो गरे उनैले जानुन तर एमाले अहिले जहा“ छ, त्यो वास्तवमा पांचौ महाधिवेशनमा रघुजी पन्तले पेश गरेको राजनीतिक तथा वैचारिक लाइन हो भन्दा अन्यथा नहोला । तर रघुजी पन्तले त्यो दावी गर्ने हैसियत चाही पहिले नै गुमाएका छन् । तै पनि अहिलको एमाले जे छ त्यो उनले पांचौ महाधिवेशनमा नै पेश गरेको लाइन हो । हुनत एमाओवादीका नेता बाबुराम भट्टराइले नया“ शक्तिको आवश्यकता भनेर आफ्नै पार्टीीत्र वितण्डना मच्चाइरहेका छन् आखिरमा उनी पुग्ने बाटो पनि वर्तमानको एमाले नै हो । जे होस नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समयको बलिदान गरेकाहरू किन क्रमसः सिथिल बन्दै जाने र र्सवहारा क्रान्तिलाई धोका दिने काम बारम्बार भइरहेका छन् । अहिले त खुल्लम् खुल्ला संसदीय प्रजातन्त्रको सिमाभित्रमात्रै आफू र क्रान्तिलाई घेरावन्दीमा राख्ने काम गरिरहेका छन् । एक समय कार्यकर्तालाई पु“जीवादी संसदीय प्रजातन्त्र भनेको ँखसीको टाउको राखेर कुकुरको मासु बेच्ने झै’ हो भनेर पु“जीवादी संसदीय प्रजातन्त्रका विरूद्ध खरो उत्रनेहरू लाजै नपचाई संसदीय निर्वाचनलाई जनादेश भनेर त्यसैको पु“जा गरिरहेका छन् -अन्नपूण ३१ अनुसार २०७१) । मार्क्सवादले मानेको के हो भने पु“जीवादी संसदीय प्रजातन्त्र भनेको जनताको व्यापक जनसंख्या विरूद्ध केही मुठ्ठभिर ब्यक्तिले गर्ने सङ्गठित अपराध हो । तर एमाले लगायत नेपालका केही कम्युनिष्ट पार्टर्ीीथा समूहहरू क्रमसः विश्व साम्राज्यवादको बलियो हतियार भएको नवउदारवादको अर्थ-राजनीतिका अनिवार्य अङ्ग भएका छन् भने कोही हुने प्रक्रियामा छन् । के यो मार्क्सवादको नाममा मार्क्सवादलाई नै धोका दिएको होइन र –
भरखरै विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भनेर भनिने हाम्रै छिमेकी देशमा भएको संसदीय निर्वाचनमा भारतीय जनता पार्टी प्रधानमन्त्री र त्यसको अधक्ष्यको विगतको इतिहास हेर्ने हो भने उनीहरूको विगत के कस्तो थियो र उनले लिने विचार राजनीतिको केन्द्र के होला सजिलरी ठम्याउन सकिन्छ । आखिरमा संसदीय प्रजातन्त्रको चरित्र न हो कस्ता मानिसले त्यसको ताज पहिरन्छन् भन्ने । नेकपा एमालेमा कम्युनिष्टका नाममा हसियां हथौडा झण्डा बाहेक अब केही नै बा“की छैन् । तै पनि अझै उसले किन अझै त्यो ट्रेडमार्क फाल्न सकेको छैन् । सायद नया“ नेतृत्वले त्यो साहस गर्ने छ कि अब देखि एमालेले उसको हसिया हथौडा झण्डा र नाम परिवर्तन गर्ने छ ।
नेकपा एमालेको नवौ महाधिवेशनभरी त्यसभित्र रहदै आएको दक्षिणपन्थी शंसोधनवाद, अराकतावाद र आत्मर्समर्पणवादले उ“ठाएको टाउको केपीको नेतृत्वमा झन त्यसले व्यापकता लिने निस्चित छ । एमाले अब सिद्धान्त, विचार र कार्यदिशाले निर्दीष्ट नभै केपीको सनकको भरमा सञ्चालन हुने निस्चित छ । त्यसभित्र त्यसका नेताहरूले पार्टीे सत्ता कब्जा गर्न विभिन्न हतियार र कुकर्मको साथ छाड्ने छैनन्, जो संसदीय नीवाचनका लागि उनीहरूले उपयोग गर्ने गर्दछन् । एमालेको भावी अवस्था बारे यही सत्य हो ।
नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास भनेको अहिलेसम्म आखिरमा दक्षिणपन्थले नै जित हात पारेको इतिहास रहदै आएको छ । झापा आन्दोलन, मोहनविक्रमको नेतृत्वको चौम र २०५२ सालपछिको माओवादी व्रि्रोहआदि सबै यसका उदाहरण भएका छन् । यद्धपि ती सबैमा सधैभरी एउटा क्रान्तिकारी धारको अस्तित्व केही समय रहने गरेको छ । त्यो धार पनि क्रमसः विभिन्न बाहनामा दक्षिणपन्थी दिशातर्फनै अगाडि बढेको पाइन्छ । हुनत अहिलेको विश्व कम्युनिष्ट आन्दोलन पनि यसैको शिकार बनेको छ ।
एमालेले आफूलाई नेपालको नम्बर एक कम्युनिष्ट पार्टर्ीीन्दछ र जनतामा पनि त्यो भ्रम बलियो छ तर त्यसका दस्तावेजहरूले घोर दक्षिणपन्थी दिशा निर्देश गर्दछ । उसले नेपाली क्रान्तिलाई कुन दिशा निर्देश गर्ने कुनै खाका छैन् । समग्रमा यो पार्टरीेपालका एनजीओद्धारा निर्देशित छ भन्दा अत्युक्ति हु“दैन् । एनजीओको विकासवाद त्यो पनि त्यसमा राजनीति मिसाएर भडुवा विकासवाद नै एमालेको सही कार्यदिशा हो । उसले आफूलाई चीनीया“ मोडलको कम्युनिष्ट भन्ने गरेको पनि छ तर समग्रमा उसको नेतृत्व भारतमुखी हो । घाम जत्तिकै र्छलङ्ग छ कि राजनीतिक रूपले एमाले उदार पु“जीवादी बाटोमा गएको पार्टरी तर अझै उसले आफूलाई कम्युनिष्ट भनीरहेको छ, जो आफैमा विरोधाभाष त छ नै साथै यो महाधिवेशनमा अझै खुलेर आउन चाहेन किनभने नेपाली जनतमत कम्युनिष्ट पक्षधर छ, जसबाट उसले ट्रेड मार्कका रूपमा कम्युनिष्ट शब्दलाई अझै केही वर्षम्म उपयोग गर्न चाहन्छ । जे जस्तो तरिकाले र उचाइमा एमालेको नवौ महाधिवेशन सिद्धिएको छ, त्यसले विश्व एकाधिकार दलाल पु“जीवादका लागि खुसीको कुरा भएको छ तर नेपाली तथा विश्व र्सवहारा वर्गका लागि ँकौवालाई बेल पाक्यो हर्षन विस्मात’ भन्ने उखान चरितार्थ भएको छ ।

प्रतिक्रियाहरु