एमाओवादी मोर्चाको बैठक बस्दै

२०७१ पुष ६ गते, आईतवार

काठमाडौ । एकीकृत माओवादी नेतृत्वको सङघीय लोकतान्त्रिक गठबन्धनको बैठक बस्ने भएको छ ।सिंहदरबारमा रहेको एकीकृत माओवादी संसदीय दलको कार्यालयमा बिहान ९ बैठक बस्न लागेको एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।
बैठकमा एकीकृत माओवदी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो कांग्रेस एमालेसँग भएको छलफलको विषयमा जानकारी गराउने भएको छ । संविधान बनाउन कांग्रेस, एमाले लचक नभए आन्दोलन गर्ने यसअघि नै निश्कर्ष निकालिसकेको छ ।
मोर्चाले अबको रणनीति र कार्ययोजना के हुने भन्ने विषयमा आज पनि छलफल गर्न लागेको छ । मोर्चाले अन्तरिम संविधानले स्वीकार गरेको संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टीमा मात्रै संविधानमा सहमति हुन सक्ने जनाएको छ ।
यसैबीच हिजो बसेको मोर्चाको बैठकले संविधानका विवादित विषयमा सत्तारुढ दलले पनि सकारात्मक छलफल अघि बढाएकाले सहमतिका लागि अन्तिम प्रयास गर्ने र नभए अन्य विकल्पमा जाने निर्णय गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु