एमाओवादीको स्थिति दयनीय

२०७१ पुष ५ गते, शनिबार

काठमाडौँ । संविधानसभामा झिनो संख्यामा उपस्थित जनाइरहेको एमाओवादीको स्थिति दिनप्रतिदिन दयनीय बन्दै गएको छ । संविधानसभामा काँग्ररेस, एमालेको पुच्छर बनेको पार्टीभत्रैबाट आरोप खेपिरहेका अध्यक्ष प्रचण्डलाई अब संविधानसभा भित्रका पहिचान पक्षधर २२ दलीय गठबन्धनभित्रका जनजाति दलले समेत घोक्रेठ्याक लगाउने भएका छन् । पहिचान पक्षधर २२ दलीय गठबन्धनभित्रका केही जनजाति दलका नेताले गठबन्धनका संयोजक प्रचण्डको नियतमाथि र्सार्वजनिक रुपमै शंका गर्न थालेका छ । जातीय पहिचानको एजेण्डामा प्रचण्डले खुट्टा कमाउन थालेको उनीहरुको आशंका छ । पहिचानसहितको संघीयताका पक्षमा सशक्त आन्दोलन गर्ने भन्दै संविधानसभाभित्र र बाहिरका २२ दलले प्रचण्डको नेतृत्वमा मोर्चा बनाएका थिए । तर, पछिल्ला दिनहरुमा प्रचण्डले पहिचानको पक्षमा दह्रो अडान लिन नसकेको भन्दै मोर्चाका नेताहरुले असन्तुष्टि जनाएका छन् । नेताहरुका अनुसार र्सार्क सम्मेलनपछि २२ दलीय मोर्चाको बैठक समेत बसेको छैन । मंसिर ५ गते बसेको २२ दलको बैठकले र्सार्कलगत्ततै पहिचानको पक्षमा सशक्त आन्दोलन गर्ने निर्ण्राभएको थियो । तर, र्सार्कलगत्तै केही समय सहमतिको प्रयास गर्ने भन्दै आन्दोलन सुरु भएन । यसमा बाहृय शक्तिको दबावले काम गरेको आशंका भएको मोर्चामा आबद्ध एक दलका अध्यक्षले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले र्सार्कका लागि काठमाडौं आए लगत्तै सहमतिमा संविधान बनाउनु पर्ने बताएका थिए भने प्रचण्डलाई भेटेर माघ ८ मै संविधान जारी हुनु पर्ने बताएका थिए । प्रचण्डले पछिल्लो समय पहिचान विरोधीहरुसँग उठबस बढाएको उनीहरुको अर्को आरोप छ । माओवादीकै केही नेताहरुले समेत प्रचण्डलाई पहिचानको पक्षमा नलाग्न दबाव दिएको उनीहरु बताउँछन् । ‘उहाँले दिनु भएको अभिव्यक्तिहरुले पनि हामीलाई शसंकीत बनाएको छ’ मोर्चाका एक नेताले भनेका छन् । मोर्चामा असन्तुष्टि बढेको परोक्ष रुपमा स्वीकार गर्दै सामाजिक लोकतान्त्रिक पार्टर्ीी नेता पासाङ शेपाले भने- ‘र्सार्क शिखर सम्मेलनअघि र पछिको प्रचण्डमा फरक देखिएको छ ।’ पहिचानसहितको संघीयताका लागि भन्दै जनजातिहरुले पद्मरत्न तुलाधरको नेतृत्वमा मोर्चा बनाए । तर, जनजाति महासंघ नै आन्दोलनमा सहभागी नहुने भएपछि यो मोर्चा निकै कमजोर देखिएको छ । प्रचण्ड मोर्चामा आवद्ध मधेसवादी दलहरुले छुट्टै मोर्चा बनाउनु र कांग्रेस-एमालेले लगातार सत्ताको प्रस्ताव गर्नुले पनि प्रचण्ड दबावमा परेका छन् । ‘जनजाति आन्दोलन सोचेअनुसार उठेन । बरु मधेसीहरुले पनि साथ छोड्ने हो कि भन्ने अवस्था आएपछि प्रचण्डमाथि झन् दबाव परेको छ’ एक नेताले भने । प्रचण्डले पहिचानको मुद्दालाई दह्रोसँग बोक्न नसक्ने हो भने २२ दलीय मोर्चाबाट बाहिरिनु पर्ने आवाज मोर्चामा आवद्ध दलहरुमा उठ्न थालेको छ । पहिचानमा आधारित गठवन्धनको सचिवालय बैठकमा नेताहरुले प्रचण्डसँग प्रष्ट कुरा गर्न माग गरेका छन् । ‘हामी आन्तरिक छलफलमा छौं । तर, पहिचानको मुद्दा छाड्दै जाने हो भने हामी अलगिनुपर्छ भन्ने आवाज हाम्रो मोर्चामा उठ्न थालेको छ’ एक नेताले भनेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु