एमबीबीएस र बीडीएसमा बढाएको अध्ययन शुल्क तत्काल फिर्ता लिन माग

२०७६ कार्तिक ३ गते, आईतवार

काठमाडौं, ३ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसमा ४.५ प्रतिशतले अध्ययन शुल्क बढाइएको बिरोधमा संघर्षमा उत्रने बताएको छ । सो संगठनका अध्यक्ष चिरन्जिबी ढकालले विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसमा बढाएको अध्ययन शुल्क तत्काल फिर्ता लिन आग्रह गर्दै अन्यथा संघर्ष गर्न बाध्य हुने बताएका छन । हालै चिकित्सा शिक्षा आयोगले नेपाल राष्ट्र बैकको मुद्रास्फीतिका आधारमा यसवर्षदेखि नै लागू हुनेगरी आगामी दुई वर्षका लागि शुल्क ४.५ प्रतिशतले अध्ययन शुल्क बढाइएको थियो । जसअनुरुप अब एमबीबीएसतर्फको काठमाडौ ँ उपत्यकाभित्र शुल्क ४० लाख २३ हजार २५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तोकिएको छ। यस्तै,बीडीएसतर्फ २० लाख १९ हजार ५८० रुपैयाँ तोकिएको छ। चिकित्सा शिक्षाऐनले नै प्रत्येक दुई वर्षमा नेपाल राष्ट्र बै ंकको मुद्रास्फीतिअनुरुप शुल्क निर्धारणहुने व्यवस्था गरेको छ। यसअघि, उपत्यकाभित्र एमबीबीएसतर्फ ३८ लाख ५० हजार तोकिएको थियो भने उपत्यका बाहिर ४२ लाख ५० हजार शुल्क थियो। यस्तै, बीडीएसतर्फ १९लाख ३२ हजार ६१२ रुपैयाँ निर्धारण थियो।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जिबी ढकालले जारे गरेको विज्ञप्ति :

प्रतिक्रियाहरु