‘एमबीबीएस’मा गोल्ड मेडल हासिल गरेकी छात्रा भिक्षु बनिन् !

२०७५ श्रावण ३ गते, बिहीबार

काठमाडौं, ३ साउन । भारतको अहमदनगर युनिभर्सिटीबाट एमबीबीएसमा गोल्ड मेडल प्राप्त गरेकी हिना हिंगडले जैन भिक्षु जीवन अंगालेकी छन । उनले सूरतमा बुधबार औपचारिक रुपमा जैन परम्परा अनुसार दीक्षा ग्रहण गर्दै भिक्षु जीवनमा पाइला टेकेकी हुन् । भिक्षु भएसँगै उनको पहिचान परिवर्तन भएको छ । उनलाई अब साध्वी विशारदमाल नामले चिनिने छ ।
भारतीय संचारमाध्यमका अनुसार उनले केही वर्षअघि देखि नै परिवारका सदस्यसँग भिक्षु जीवनमा प्रवेशका लागि अनुमति मागेकी थिइन् । तर परिवारका सदस्यले अनुमति दिएको थिएन । उनी परिवारका सदस्यहरुको आकांक्षा र सुझावलाई उपेक्षा गर्दै सांसारिक मोहबाट टाढा पुगेकी हुन् । उनले आध्यात्मिक गुरु आचार्य विजय यशोवर्मा सुरेश्वरजी महाराजबाट दीक्षा लिएकी हुन् । दीक्षा लिनुअघि उनले ४८ दिनसम्म ध्यान गरेको बताइन्छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु