एमबीबीएसको प्रवेश परीक्षा रोकियो

२०७६ भाद्र २१ गते, शनिबार

काठमाडौं, २१ भदौ । सर्वोच्च अदालतले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबीबीएस प्रवेश परीक्षा तत्काल नगर्न आदेश दिएको छ । चिकित्सा शिक्षा ऐनविपरीत प्रवेश परीक्षा लिन लागेको भन्दै आयुश रिजालले हालेको रिटको शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चले परीक्षा रोक्न अन्तरिम आदेश दिएको हो । यसबाट शनिबार हुन लागेको आइओएमको एमबीबीएस प्रवेश परीक्षा रोकिएको छ । सर्वोेच्चले थप छलफलका लागि २५ गते अदालतमा उपस्थित हुन भनेको छ ।

प्रतिक्रियाहरु