एमबिबिएसका ११५ सिट कटौती

२०७१ भाद्र २६ गते, बिहीबार


काठमाडौ,२६ भदौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले सम्बन्धनप्राप्त मेडिकल कलेजलाई दिँदै आएको एमबिबिएसको सिट संख्या घटाएको छ । आइओएमको मंगलबार बसेको फ्याकल्टी बोर्ड बैठकले गत वर्षको भन्दा एक सय १५ सिट घटाउने निर्णय गरेको हो । गत वर्ष सातवटा कलेजमा एमबिबिएसको सिट संख्या आठ सय ३० थियो । यस वर्ष त्यसलाई सातसय १५ मा झारेको छ । आइओएमको निर्णयअनुसार चार कलेजको सिट संख्या कटौती गरिएको छ । दुई कलेजमा सिट थपिएको छ भने एक कलेजको यथावत् राखिएको छ । कटौतीमा परेकामध्ये जानकी मेडिकल कलेजलाई एक सिट पनि दिइएको छैन ।
आइओएमका अनुसार नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौंको सिट संख्या सयबाट बढाएर एक सय ५० र चितवन मेडिकल कलेजको सिट संख्या एक सय ४० बाट बढाएर एक सय ५० पुर्याइएको छ ।

प्रतिक्रियाहरु