‘एप्पल वाच’ किन्न मारामार

२०७२ बैशाख १ गते, मंगलवार

काठमाडौ, १ बैशाख । आउँदो अप्रिल २४ बाट बिक्रि सुरु हुने एप्पल वाचको अग्रिम बुकिङ खुल्ला भएकै दिनमा अमेरिकामा मात्रै झण्डै दश लाख जनाले अग्रिम बुकिङ दर्ता गरेका छन् । एप्पलले आफ्नो स्मार्ट वाचको अग्रिम बुकिङ गएको शुक्रबार सुरु गरेको थियो ।
शुक्रबार नै अमेरिकामा मात्रै दश लाख जनाले स्मार्ट वाचको अग्रिम बुकिङ गरेको डिजिटल कमर्स डाटा कम्पनी स्लाइस इन्टेलिजेन्सले जनाएको छ । स्लाइस इन्टेलिजेन्सले आइतबार जारी गरेको रिपोर्टमा ९ लाख ५७ हजार जनाले अग्रिम बुकिङ गरेको जनाएको छ ।
अग्रिम बुकिङ गर्ने मध्य ६२ प्रतिशतले सबैभन्दा सस्तो वाच स्पोर्टका लागि बुकिङ गरेका छन् । वाच स्पोर्टको मूल्य ३ सय ४९ अमेरिकी डलर पर्छ । एप्पलले एप्पल वाच स्पोर्ट, एप्पल वाच र एप्पल वाच एडिसन गरी तीन मोडलका स्मार्ट वाच बजारमा ल्याउन लागेको छ ।
एप्पल वाच स्पोर्टको मूल्य ३ सय ४९ देखि सुरु भएर १७ हजार अमेरिकी डलरसम्म पर्नेछ । एप्पले अन्य वाचको मूल्य भने सार्वएजनिक गरेको छैन । तर वाच एप्पल मध्यम मूल्य मध्यम रहने र एप्पल वाचा एडिसन सबैभन्दा महंगो पर्ने भने स्पष्ट पारेको छ । एप्पले सबै एडिसनका वाच ३८ एमएम र ४२ एमएम दुई साइजमा उपलब्ध गराएको छ ।
अग्रिम बुकिङ गर्ने मध्ये ७१ प्रतिशतले ४२ एमएम साइजको वाच अडर गरेको स्लाइसले जनाएको छ । एप्पलका स्माट वाच आउँदो अप्रिल २४ देखि अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायत, फ्रान्स, जर्मनी, चीन, जापान, हङकङ गरी ९ देशमा औपचारीक बिक्रि सुरु हुनेछ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार