एप्पललाई उछिन्दै अल्फाबेटा विश्व उत्कृष्ट

२०७२ माघ २० गते, बुधबार

काठमाडौ, २० माघ । अमेरिकी कम्पनी अल्फाबेट इन्कर्पोरेटिड यस अघिको एप्पल कम्पनीको कीर्तिमानीलाई उछिन्दै विश्व उत्कृष्ट बन्न सफल भएको अल्फाबेटाले जनाएको छ । अल्फाबेटाले आफ्नो पछिल्लो त्रैमासिक नाफा पाँच प्रतिशतले बढेको जनाउँदै वर्तमान अवस्थामा उक्त कम्पनीको मूल्य ५७८ अर्ब अमेरिकी डलर पुगेको बताएको छ ।
प्रतिद्वन्द्वी कम्पनी एप्पलको यो त्रैमासिक कारोबारपछि मूल्य ५३५ अर्ब अमेरिकी डलर कायमे छ ।
अल्फाबेटाको कीर्तिमानीसँगै यसको सेयर मूल्यमा समेत वृद्धि भएको र यस कम्पनीका लगानीकर्ता पनि उत्साहित बनेका छन् ।
माइक्रोसफ्ट कम्पनीबाट सन् २०१० मा एप्पलले लिएको कीर्तिमानी छ वर्षको अन्तरालमै अल्फाबेटाले कब्जा गर्न सफल हुनुमा अल्फाबेटाको बजार व्यवस्थापन नै महत्वपूर्ण भएको जोस ओसलानका विशलेषक एड वार्ड जोन्सले बताए ।
माइक्रोसफ्टले पनि सन् २०१० को करिब दुई दशक अगाडि आईबीएम कम्पनीलाई उछिन्दै तत्कालीन समयमा कीर्तिमान कायम गरेको थियो । रासस-एपी

प्रतिक्रियाहरु