एन्ट्यागका भ्रष्टविरुद्ध सूचना आयोगमा पुनरावेदन

२०७२ आश्विन १६ गते, शनिबार

काठमाडौँ । नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) मा व्यापक भ्रष्टाचार भएको सूचना पाएपछि यथार्थता बुझ्न पुगेका पत्रकारलाई सूचना नदिई दुव्र्यहार गरेपछि सो विषय अहिले राष्ट्रिय सूचना आयोगमा पुगेको छ । एन्ट्यागका कार्यक्रम निर्देशक दीपक थापा र बोर्ड सदस्यहरू सागर सिंजापति र मोहन पन्थीले ४१ वटा ल्यापटप, १६ वटा मोटरसाइकल भिटामिन ‘ए’ कार्यक्रम प्रचारप्रसारलगायत इन्धन, मसलन्द र मर्मत सम्भारको नाममा लाखौँ रूपमा अपचलन गरेपछि एन्ट्याग सम्बद्ध कर्मचारीले राष्ट्रिय सतर्कता केन्द्र, युएसएआडी, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायतका निकायमा उजुरी गरी भ्रष्टमाथि कारवाहीको माग गर्नुका साथै एन्ट्यागभित्र भएका भ्रष्टाचार रोक्न विभिन्न पत्रपत्रिका, अनलाइन र रेडियोहरूलाई समेत गुहारेका थिए ।

यसै सम्बन्धमा मिर्मिरे अनलाइनका संवाददाता बालकृष्ण भट्टलगायतको पत्रकारको टोली वास्तविक बुझ्न एन्ट्यागमा सम्पर्क राख्दा कार्यक्रम निर्देशक दीपक थापालगायतका पदाधिकारीले कार्यालयमा बोलाएर अभद्र व्यवहार गरेका थिए । पत्रकारलाई सूचना दिन बोलाएर अभद्र व्यवहार गरेपछि नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष लेखनाथ न्यौपाने र नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव उजिर मगरले पत्रकारमाथि भएको दुव्र्यहारको निन्दा गर्दै तत्काल दोषीमाथि कारवाही गर्न सरकारसमक्ष माग राख्दै विज्ञप्तिसमेत निकालेका थिए । तर, एन्ट्यागका कार्यक्रम निर्देशकले त्यसपछि पनि सूचना माग्न एन्ट्याग पुगेका पत्रकार बालकृष्ण भट्टसहितको टोलीलाई सूचना दिन अस्वीकार गरेपछि पत्रकार बालकृष्ण भट्टले पूर्ण सूचना उपलब्ध गराई दिन भन्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका छन् । पत्रकार भट्टले राष्ट्रिय सूचना आयोगमा भर गरेको पुनरावेदनको पूर्ण विवरण यस प्रकारको रहेको छ– ‘म निवेदक वालकृष्ण भट्टले विपक्षी नेपाली प्राविधिक सहयोग समूहको कार्यलयमा सूचना माग गरी निवेदन पेश गरेकोमा उक्त कार्यलयका कार्यलय प्रमुख दीपक थापाले मिति २०७२।५।६ मा मलार्ई उक्त माग गरेको आय–व्यय विषयको सूचना दिन नमिल्ने भनी निर्णय गरेकोमा सो निर्णयमा देहायको आधार र कारणबाट मलार्ई चित्त नबुझेको तथा कानुन विपरीत रहेको हुँदा ऐनको म्याद ३५ दिन भित्र यो पुनरावेदन गर्दछु ।
१. देहायबमोजिमको सूचना उपलव्ध गरी दिन हुन आदेश गरी पाउँ–
क) २०७१–७२ मा खरीद गरिएका मसलन्द सामग्रीको पूर्ण विवरण र खर्च भएको विल भरपाईहरूको प्रतिलिपि ।
ख) २०७१–७२ मा गाडी मर्मत, ईन्धन सम्बन्धमा भएका खर्च र यसको बिल भरपाईको प्रतिलिपि ।
ग) २०७१–०७२ मा भिटामिन ए कार्यक्रमको प्रचार प्रसारलगायत उक्त कार्यक्रममा भएको सम्पूर्ण खर्चको विल भरपाईको प्रतिलिपि ।
घ) नेपाली प्राविधिक सहयोग समूहमा भएका सवारी, ल्यापटपको पूर्ण विवरण र प्रयोग गर्ने कर्मचारीको नाम ठेगाना र दर्जासहितको विवरण ।
ङ) एन्ट्यागले आव ०७१–७२ मा गरेका सम्पूर्ण कामको विवरण र ती कार्यमा भएको खर्चको यथार्थ विवरण ।
च) एन्ट्यागका पदाधीकारी र कर्मचारीले भ्रमण भत्ता वापत लिएको भुक्तानीको प्रतिलिपि ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु