एन्टी कोरोना कार निर्माण !

२०७७ बैशाख २२ गते, सोमबार

काठमाडौं , २२ बैशाख । एक चीनीया कम्पनीले एन्टी कोरोना कार निर्माण गरेको दाबी गरेको छ । चीनीया अटो कम्पनीले कुनै पनि भाईरस र ब्याक्टेरीयामुक्त गाडी निर्माण भईरहेको जनाएको हो । गीली कम्पनीले यो गाडीमा बस्नेलाई एन्टी ब्याक्टेरियल फिचर्सले कोरोना संक्रमण समेत हुन नदिने दाबी गरेको छ । यस फिचरलाई ईन्टेलिजेन्ट एयर प्युरीफिकेसन नाम दिईएको छ । गिलीका अनुसार एसयुबी ०.३ माईक्रोमिटर आकारको पार्टिकलले ९५ प्रतिशत सम्म रोक्ने क्षमता यो गाडीले राख्दछ । हेल्दी कार प्रोजेक्ट अन्तर्गत ५.२ करोड डलरको लागतमा यो कार निर्माण शुरु भएको कम्पनीले जनाएको छ । सो कम्पनीले यस्तो कारका लागि ठूलो मात्रामा माग आउन शुरु गरेको पनि जनाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु