एन्टिबायोटिक्सको सट्टा लसुन !!

२०७१ भाद्र १४ गते, शनिबार


काठमाडौं । बिरामी परेपछि के गर्ने होला भनेर मानिसहरु रनभुल्लमा पर्छन् । डाक्टर कहाँ झोलाका झोला औषधी भिडाएर पठाउनाले वाक्क दिक्क भएका छन् आजकाल । तैपनि बिरामी भएको बेला कहाँ जाने, के गर्ने अन्यौलमा पर्छन् । रोगले च्यापेको बेला अझ दुखाई पनि बढि छ भने त जसरी पनि डाक्टरकहाँ दगुर्नै पर्यो मन नलागि नलागि पनि । गयो औषधी भक्कु लेखिदिन्छन् अनि कतिपय औषधी राम्रो भन्दा झन असर पुर्याउँछ । तर अमेरिकी वैज्ञानिकहरुले दुखाई कम गर्नको लागि चाहिँ उपाय सुझाएका छन्- लसुन खाने । उनीहरुको भनाईमा लसुन एकदम शक्तिशाली प्रक्रितिक एन्टिबायोटिक हो । डाक्टरी औषधीले झैं लसुनले शरीरका लाभदायक व्याक्टरीयाहरु मार्दैन । लसुन एन्टिभाइरल र एन्टि फङ्गल पनि हुन्छ । त्यति मात्रै हो र – दिनदिनै केही पोटी लसुन खाने हो भने इन्फेक्सन -घाउ पाक्ने) क्रम रोकिन्छ, छिटो सुक्छ । कसरी थाह पाए त यो – अमेरिकीहरुले परीक्षण गरे । लसुन तिन महिनासम्म नियमित तरिकाले खाँदा सात जना एड्सका रोगीहरुको टी सेल -टी भनिने कोष) सामान्य देखियो । उनीहरुले प्रति दिन दुइ देखि चार वटा पोटी लसुन मात्रै खान्थे । टी सेल एड्स पाक्ने मुख्य कोष हो । एड्सका रोगीहरुमा मात्रै होइन कि अरु रोगमापनि यो प्रभावकारी देखियो । झाडा पखाला, यौनांगमा साना साना बिबिरा उठेर दुख्ने, छाला पाक्ने, अनुहार र अन्तपनि राता राता मसिना दाद जस्ता धब्बा देखिने लगायतका समस्यामा पनि फलदायी देखियो । डायबिटिज, एलर्जी, दाँतको दुखाई, क्यान्सर, ठण्डी, मुटुको रोग र उच्च कोलेस्टेरोल नियन्त्रण गर्न पनि लसुन उपयुक्त भएको दाबी उनीहरुले गरेका छन् ।
तर उपचारको लागि खाने लसुन पकाउनु नहुने उनीहरुले बताएका छन् । लसुनका पोटी पिँध्ने र खानु पहिले करिब १० मिनेट खुल्ला राख्नुपर्ने सुझाव दिएका छन् । काँचो लसुन खाँदा नमीठो हुन्छ भने यसो गर्नसकिन्छ- चार पोटी लसुन पिँध्ने । दुइ वटा गोलभेँडा काट्ने । एउटा कागती निचोर्ने । त्यसको जुस बनाएर खाने । स्वाद को लागि अलिकति नुन राख्न सकिन्छ । मेशिन छैन भने हातै मिहिनसित पिँधेर पनि जुस खान सकिन्छ । तपाईंको शरीरमा इन्फेक्सन छ भने दिनमा केहि पटक यस्तो जुस लिन सकिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु