एनसेल टावरमा आगजनी

२०७६ पुष २९ गते, मंगलवार

काठमाडाैं, २९ पुष । एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका –८ छैमलेमा रहेको एनसेल टावरमा आगजनी भएको हो । त्यसैगरी काठमाडौंकै तारकेश्वर नगरपालिकाको जितपुर फेदीमा रहेको अर्को टावरमा पनि सोमबार राति नै आगजनी भएको । स्थानीयका अनुसार राति टावरमा ठूलो आगो देखिएको थियो ।
यस्तै नीलकण्ठ नगरपालिका दरबारकोट धादिङको एनसेल टावरमा पनि आगो लागेको छ । नुवाकोटलगायत विभिन्न जिल्लामा विवादास्पद एनसेल टावरमा आगो लगाइएको समाचार छ ।
यस्तै नुवाकोटको तारकेश्वर गाउँपालिका वडा ५ गोरह्याङ र बेलकोटगढी नपा ४ दुईपीपलमा रहेका एनसेलका टावरमा पनि आइतबार राति आगजनी तथा तोडफोड भएको छ । यता ललितपुरको महाकाल गाउँपालिका ५ बतासेमा रहेको टावरमा समेत आगजनी भएको भएको स्थानीयले बताएका छन् । काभ्रे, धादिङ, नुवाकोट, गोरखा, स्याङ्जा, कास्की, दार्चुलालगायत विभिन्न जिल्लामा रहेका एनसेल टावरमा आगजनी तथा तोडफोड भएको समाचार प्राप्त भएको छ । अहिलेसम्म कसैले आगजनीको जिम्मा लिएको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु