एनसेलको ठगीबिरुद्ध युवा अभियान

२०७३ बैशाख २१ गते, मंगलवार

काठमाडौं, २१ वैशाख । एनसेललाई कर तिर्न दबाव दिने उद्देश्यले पूर्वी झापाका ४० जना युवाहरुले अभियान शुरु गरेका छन् । “४० अर्बका लागि ४० युवाको ४ दिने अभियान” नाम दिईएको उक्त अभियान अन्तर्गत पहिलो चरणमा आज देखी ४ दिनसम्म एनसेलबाट आएको फोन नउठाउने र एनसेलको नम्बरबाट फोन समेत नगर्ने कार्यक्रम तय गरिएको अभियानका अगुवा तथा कांग्रेस केन्द्रीय सदस्य बिश्वप्रकाश शर्माले बताए । आजदेखि ४ दिन एनसेलको सेवा प्रयोग नगर्ने र अन्य व्यक्तिलाई पनि यो अभियानमा सहयोगका लागि आग्रह गरिएको अभियानका सदस्य पुष्पराज पौड्ेलले बताए । यस अघि स्वीडेनको टेलिसेन्यौरा कम्पनीको स्वामित्वमा रहेको एनसेललाई मलेसियाको कम्पनी एक्जिटा प्रा.लीले केही समय अगाडी मात्र खरिद गरेकोमा सम्पत्ति किनबेच हुँदा नेपालको कानून अनुसार तिर्नु पर्ने सम्पत्ति कर बापतको ४० अर्ब रुपैया एनसेलले अहिले सम्म भुत्तानी नगरेपछि झापाका युवाहरुले यो अभियान सञ्चालन गरेका हुन् । नेपाल जस्तो गरीब मुलुकको ४० अर्ब रुपैया एउटा निजी कम्पनीले नतिर्दा मुलुकले ठूलो आर्थिक घाटा व्यहोर्नुपर्ने भन्दै युवाहरुले अभियान थालेका हुन् झापाका बाहुनडाँगी, मेचीनगर, शान्तिनगर, धाईजन र ज्यामिरगढीका युवाहरु यस अभियानमा सहभागी भएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार