एनसेलको टावरमा आगजनी

२०७६ पुष २६ गते, शनिबार

काठमाडौं , २६ पुष । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–१ निस्कोटमा रहेको एनसेलको टावरमा शनिबार बिहान करिब १ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक शर्माले बताए ।
आगजनीपछि विम, रुम, देवीस्थान, ओखरबोट, दरबाङलगायतका क्षेत्रमा एनसेलको सञ्चार सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ । आजगनीबाट टावरका उपकरणहरुमा क्षति पुगेको छ ।
यता, गोरखाको शहिद लखन गाउँपालिकामा अज्ञात समूहले एनसेल टावरमा आगजनी गरेका छन्। शहिद लखन गाउँपालिका वडा नम्बर १ बक्राङमा रहेको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार टावरमा आगजनी गर्ने समूहको खोजी भइरहेको छ। शुक्रबार राती टावरमा आगजनी हुँदा तारलगायत सामान जलेर नष्ट भएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु