एनट्यागमा भ्रष्टहरुको जगजगी

२०७२ असार १९ गते, शनिबार

काठमाडौँ । नेपालमा २२ वर्ष अघि स्थापना भएर सक्रिय रहेको गैरसरकारी संस्था नेपाली प्राविधिक सहयोग समूह ९ल्त्ब्न्० पहिला भिटामिन ए कार्यक्रममा व्यापक भ्रष्टाचार गरेर बदनाम भएको संस्था हो । त्यस संस्थामा व्यापक भ्रष्टाचार गरेका पूर्वपदाधिकारीहरु अहिले विभिन्न देश विदेश पलायन भएको एनट्याग स्रोतले जनाएको छ । त्यस पछि जिम्मेवारी सम्हाल्दै आएका पदाधिकारी र हालका कार्यक्रम प्रवन्धक दिपक थापा र केही बोर्ड सदस्यहरुले सेटिङ मिलाएर व्यापक आर्थिक चलखेल गरिरहेको सूचना प्राप्त भएको छ ।
सो संस्थाले पोषणसम्बन्धी अहिले अमेरिकी सहयोग नियोग युएसएआईडीमार्फत सञ्चालित सहारा कार्यक्रमअन्तर्गत विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ । यही तालिमका नाममा समेत प्रपोजल राईटर र कन्सलटेन्ट मात्र आपूm भएको बताउने दिपक थापा, बोर्ड सदस्य मोहन पन्थीलगायतकाले मिलाएर फर्जी बिलहरु तयार पारेर आर्थिक अनियमितता गर्ने गरेको स्रोतको दावी छ । नाम उल्लेख नगर्ने अनुरोध गर्दै एनट्यागकका एक कर्मचारीले बताएअनुसार प्रवन्धक थापा र वोर्ड सदस्य पन्थीसहित अन्य केही बोर्ड सदस्यले मिलेर आर्थिक अनियमितता गर्ने र सो सूचना बाहिर चुहाउने को हो भन्दै सूचना दिने सवारी चालकदेखि रिसेप्सनमा रहेकाहरुलाई समेत जागिरबाटै हटाईदिने धम्की दिने गरेका छन् ।
प्रवन्धक थापा बोर्ड सदस्य पन्थी लगायतले मिलेर ४१ वटा ल्यापटप आफन्तहरुलाई बॉडेको केही बेचेर आर्थिक लाभ गरेको स्रोतको दावी छ । त्यसैगरी १६ वटा मोटरसाईकल आफ्ना नातेदारलाई वितरण गरिएको स्रोतको ठोकुवा छ । स्रोतका अनुसार तालिममा हात पुछ्नका लागि ल्याईएको टावल समेत थापा र बोर्डका सदस्यहरुले घर लाने गरेका छन् । उनीहरुले त्यसरी वितरण गरिएको एउटा मोटरसाइकल केही समय अघि सप्तरीबाट श्रेष्ठ थरका एक व्यक्तिबाट फिर्ता ल्याएका छन् । ल्यापटप वितरणदेखि लिएर सबै सामाग्रीहरु बाँडेर खाने योजना बनाउने प्रवन्धक दिपक थापा, बोर्ड सदस्य मोहन पन्थी र सागर सिंजापतिसहितले एनट्याग जोगाउन भन्दै आपूmहरुले गरेको निर्णय र चलखेललाई बोर्ड बैठक राखेर अनुमोदन गराउने गरेको एक सदस्यले दुखेसो पोखे ।
प्रवन्धक थापाले बेलाबेलामा आपूm राजीनामा दिने भन्दै बोर्ड सदस्यहरुलाई आफ्नो योजनामा फसाउने गरेको पनि एक बोर्ड सदस्यले बताए । उनले आपूmभन्दा अरु अंग्रेजी जान्ने र प्रपोजल लेख्ने मान्छे नभएकाले पनि आपूmलाई एनट्यागमा ल्याईएको भन्दै आपूmले भनेको नमाने राजीनामा दिन्छु भनेर बोर्ड सदस्यहरुलाई तर्साउने गरेको बुझिएको छ । एनट्याग भित्रको थप अपारदर्शीता र अनियमितताको विस्तृत विषयमा हाम्रो खोज खबर जारी रहने छ ।

प्रतिक्रियाहरु