एनजिओलाई गाउँ प्रवेशमा रोक

२०७३ बैशाख १७ गते, शुक्रबार

काठमाडौ, १७ बैशाख । नेकपा माओवादी जाजरकोटले जिल्लामा कार्यरत रहेका गैरसरकारी संस्थाहरुलाई गाउँ जान रोक लगाएको छ । उसले एनजिओहरुले ‘भ्रष्टाचार गरेको रकम फिर्ता गरेपछि मात्र गाउँ पस्ने अनुमति दिने जनाएको छ । माओवादी जाजरकोटले “एकीकृत क्रान्तिको हाम्रो अभिभारा, निसाना हाम्रो राष्ट्रघाती , भ्रष्टाचारी र दलाल सारा विषयक अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताइएको हो । ‘गैरसरकारी सस्थाहरुले अमुक पार्टीका कार्यकर्ता तथा आफु निकटकालाई भर्ती केन्द्र बनाउने र जनतामा जाने बजेटलाई बीचैमा सिध्याउने काम गरी भ्रष्टाचार गरेकोले’ गाउँ जान रोक लगाइएको नेकपा माओवादीका केन्द्रीय सदस्य तथा भेरी ब्यूरो इन्चार्ज गगनबहादुर खड्का जीवनले बताए ।
राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय गैरसरकारी सस्थाहरुले ८० प्रतिशत वजेट आफुले खाएर जनतामा २० प्रतिशत मात्र वजेट पुर्याउने गरेकोले गैर सरकारी संघ संस्थाहरु लाई गाउ पस्न नदिइने गरि अनिश्चित कालीन रुपमा गाउँ पस्न नदिने निर्णय गरिएको भेरी ब्यूरो इन्चार्ज खडकाले बताए । जनतामा जाने वजेटलाई कटौती गरी तालीम ,गोष्ठी, बैठक गरेर पहुँचमा वजेट सिमीत गरेको उनको आरोप थियो । जिल्लामा हुने यस्ता कार्यक्रमको खर्चमा कटौती गरी जनतामा जाने वजेटको बढाउनुपर्ने उनको जोड थियो ।
जनताको पक्षमा जानुपर्ने वजेटलाई बीचैमा गैर सरकारी संघ संस्थाहरुले घोटाला गरेकाले आफुहरुले यस्तो निर्णय गरेको केन्द्रीय सदस्य उदयबहादुर चलाउने दिपकले जानकारी दिए । माओवादीले गाउँ जान रोक लगाईको कुराको पहिला जानकारी दिने, गरेको कमी कमजोरीको समीक्षा गर्ने सुधार बाटो देखाउने तथा जुन ठाउँमा भष्ट्राचार भएको छ, तुरुन्त त्यसको असुल उपरको काम गर्न लगायतका कुराको जानकारी गराउने कार्यक्रम रहेकोले बताएको छ । जबसम्म संघ संस्थाहरु पारदर्शि बन्दैनन र जनतालार्इ भनेर ल्याइने कार्यक्रमको अर्थ नहुने चलाउनेले बताए । साथै त्यतिबेलासम्म एनजिओमाथि लगाएको प्रतिवन्ध रहिरहने पनि उनले बताए । धेरैजसो संस्थाहरुको काम पारदर्शी नभएको, कर्मचारी आफैले चलाएको । तल थोरै माथि धेरै रकमको प्रयोग गरेको, कतिपय संस्थाहरुकोे त कार्यक्रमको कूल वजेट कर्मचारीको तलभ बढी देखिन्छ । त्यसैले जनतालाई राहत नभई कार्यकर्ता मोटयाउने खेल भएकोले जाजरकोटमा सवै गैरसरकारी संघ संस्थाहरुलाई गाउँ जान प्रतिवन्ध लगाइएको नेता चलाउनेले बताए ।
पार्टीको निर्णय विरुद्ध गएर जुन संस्थाले गाउँमा कार्यक्रम संचालन गर्छ त्यस्तो भ्रष्ट एनजिओमाथि जनकारवाही गरिने पनि माओवादीले जनाएको छ । यदि गाउँमा गएर कार्यक्रम संचालन गर्ने भए पहिला आफुले गरेका सबै गतिविधिको हिसाब देखाएर दुरुपयोग भएको रकम आफ्नो पार्टीको रोहवरमा जनतालाई फिर्ता गर्नुपर्ने माओवादीले जनाएको छ । त्यसरी इमानदारीपूर्वक आउने एनजिओलाई गाँउ जान दिने विप्लब माओवादी जाजरकोटका सचिव प्रेमबहादुर चलाउनेले बताएका छन् ।
कार्यक्रममा बक्ताहरुले विभिन्न वाहानामा बनाइने जिल्लामुखी खर्च भन्दा पनि गाउँमा जाने वजेटमा वृद्धि गर्ने तथा जनताको जीवनस्तर परिवर्तनमा लाग्न गैर सरकारी संस्थाहरुलाई आग्रह गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु