एनआरएन सुद्ध र सफा सस्था होइनन – शोभा गजुरेल

२०७३ श्रावण ६ गते, बिहीबार

हुन त एनआरएन पनि पुरै सुद्ध र सफा सस्था होइन । यसभित्रपनि धेरै खराब पात्रहरु छन् । धेरै देशमा फैलिएको यो सस्थामा विदेश बसेर अलि धेरै पुजी आर्जन गर्नेको बाहुल्यता रहेको छ । फ्रान्सको हकमा यो सस्थालाई मैले चिन्दा १५ ,२० जना मिलेर कार्यकारी सदस्यहरु छानेको पाइएको छ । साधरण सदस्यको काम भनेको बर्षमा गएर आफ्नो रकम बुझाउने अनि नया सदस्यता लिने हो । बाकी कहिले न कुनै मिटिङमा बोलाइन्छ , न कुनै कार्यक्रमको आयोजना गर्नु अघि सल्लाह नै गरिन्छ । खाली कार्यक्रममा आउनु भन्ने निम्ता आउछ । कहिले पैसा तिरेर सहभागिता जनाउने त कुनै निशुल्क । तर त्यसको आयोजक भने एन आर एन फ्रान्स हुन्छ । कस्तो अनौठो छ यो एन आर एन फ्रान्स । कहिले कहिँ म आफै त्यसको सदस्य भएकोमा अचम्म मान्छु । सदस्यता भनेको के ? सायद यसको सहि अर्थ पनि एन आर एन फ्रान्सलाई थाहा छैन कि ? अरु देशमा यो सस्था कस्तो छ ? मलाई त्यति जानकारी भएन । किनकि म यो सस्थामा सदस्यताको रकम तिर्न बाहेक आजसम्म कुनै मिटिंङमा सहभागी छैन । कहिले बस्छ मिटिङ यो पनि थाहा हुन्न । आफ्ना कुराहरु राख्ने कुरा त परै जावस एन आर एन फ्रान्सका योजनासमेत सदस्यलाई थाहा हुन्न । तर, जे भएपनि एन आर एनको मुख्य उदेस्य भनेको नेपाललाई सहयोग पुर्याउने हो , यसमा सायद दुइमत छैन होला । तर नेपालमा कसरि सहयोग गर्ने ? कस्ता सहयोग गर्दा नेपाल र नेपालीको हित हुन्छ ? हामी नेपाली बिदेसिएर किन अर्काको देशका गुलाम बन्न बाध्य भयौ ? यी कुराहरुलाई एनआरएनले समेटोस भन्ने चाहना हो । हुन त एन आर एन कुनै सरकारको उतराधिकारी होइन , तर पनि विदेशमा बसेर देशप्रतिको माया गर्ने यौटा सचेत सस्था पक्कै हो । त्यसैले एन आर एनले यस्तो योजना बनाउन पर्छ कि देश बनाउन अब युवालाई देशमा रोक्ने पहल गर्नुपर्छ । हामी अर्काको भूमिमा श्रम बेचिरहेका छौ , त्यसले हामीले आजको लागि खर्च त टारछौ तर हाम्रो पसिना यहि अर्काको भूमिमा बगाएर अर्काकै देश बनाउन लागि परेका छौ । आफ्नो देश जस्ताको तस्तै छ । झन् झन् पुराना संम्रचना ढलेर नया निर्माण नभएको अवस्था छ । देश यहि तरिकाले रहिरहे हामीले कमाएको यो पूजीको अस्तित्व केहि हुने छैन । जसरी हामी आफ्नो पसिना बेच्छौ त्यसैगरी हाम्रा सन्तानले त्यहि गर्ने छन् । त्यसैले नया योजना का साथ एन आर एनले देशका युवालाई देशमा रोकी उनीहरुलाई त्यहाँ रोजगारीको ब्यब्बस्था गराई , आत्मनिर्भरता तिर ई जागरुक हुन सक्ने योजना बनाउन पर्छ । हामीले लगाउने लगानीमा धेरै भन्दा धेरै युवालाई रोजगार दिन सकियोस । ताकी देश बनाउने युवा देश मै आफ्नो श्रम खर्च गर्न सकुन । यसका लागि हामीले कस्ता योजना ल्याउने भन्ने सबै भन्दा मुख्य बिषय हो । हाम्रो देशको हरेक रुप रेखा हेर्दा हामीले लगाएको पूजीबाट धेरै युवालाई देशमा रोक्न सक्ने उपाय भनेको कृषिमा लगानी गर्नु हो । तराइका धेरै फाट्हरु उर्बर भएर पनि त्यहाँ सहि ढंगले खेति गर्न नसक्नु , अत्याधुनिक औजार नहुनुको कारण समयमा समयमा खेति लगाउन नसक्ने अबस्था छ । राम्रो तरिकाले कुन माटोमा कुन खेति हुने कुरा कृषकलाई जानकारी नहुनु , खेति लगाउने मजदुरहरुको कमि , पानीको व्यवस्था नहुनु आदि धेरै यस्ता कारणले आज तराइका फाटहरु बाझै बसेका छन् । पहाडी भागमा खर्च कै अभाब किसानले उन्ननत जातका फलफुल लगाउन सकिरहेका छैनन । उत्पादित बस्तुलाई बजारसम्म ल्याउने व्यवस्था समेत नभएका कारण आज कैयौ पहाडी भेगका फलफुल तरकारीले मूल्य पाइरहेका छैनन् भने सहरमा बस्ने भारतबाट आयात भएका बिषालु फलफुल तरकारी खान बाद्य छन् । त्यसैले अबको एन आर एन फ्रान्सको योजना अरु केहितिर लगानी नगरी कृषीमा लगानी गर्नतिर आकर्षित भए देशलाई थोरै भएपनि राहत पुग्ने थियो कि ? पशु पालनपनि नेपालको लागि धेरै उपयोगी छ । पशुपालनसगै गोबर ग्याश प्लान्ट, त्यहि गोबरबाट कृषीलाई मल गरि अर्गानिक खेतिको हामीले सुरुवात गर्नु आज देश , जनता दुबैको लागि हितकर हुने छ । हामीले यस्ता योजना सफल बनाउन सकेमा अरुले पनि यसमा लगानी गरि देशलाई बिकासको गतितिर धकेल्न र युवालाई देशमा रोक्न सकिन्थ्यो । यसले देशलाई पनि आत्मनिर्भरताको बाटोतिर धकेली स्वतन्त्र र स्वाभिमानी नेपाली बन्न चाहने हाम्रो रहरलाई पनि पुरा गर्न सक्ने थियौ । यसको लागि हामि सबैले आफ्नो कर्तब्य हरु निभाउन जरुरी छ ।
– हाल -फ्रान्स

प्रतिक्रियाहरु