एनआरएनएकोअन्तर्राष्ट्रिय महाधिवेशन महाधिवेशन सुरु

२०७६ आश्विन २८ गते, मंगलवार

काठमाडौं , २८ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मुल नारासहितआजबाट काठमाडौंमा सुरु हुँदैछ । होटल ह्यातमा हुने सम्मेलन ३० असोजसम्म चल्ने छ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वेदशी, विदेशी गरी २ हजार ५ सयको सहभागिता रहनेछ ।हरेक २ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार, एनआरएनएले नवौं महाधिवेशन गर्न लागेको हो ।
दुईवर्षे कार्यकालको लागि अध्यक्षमा वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले चुनावी प्रतिस्पर्धा गर्दैछन् । एनआरएनएमा अध्यक्षसहित कुल १२ पद छन् । यी पदहरूमा ४२ जना निर्वाचित गर्नुपर्ने प्रावधान रहेको छ । एनआरएनएको सम्मेलनका लागि सोमवारसम्म विश्वका विभिन्न ठाउँमा रहेका करिव २५ सय प्रतिनिधिहरु काठमाडौं ओर्लिएका छन् । सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरुको हक हितको लागि एकताबद्ध गर्ने क्रममा संघले ८० भन्दा बढी मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषदहरु गठन गरिसकेको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु