एक प्रतिशतको हातमा संसारको आधाभन्दा बढी सम्पत्ति

२०७१ कार्तिक २ गते, आईतवार


काठमाडौं, २ कार्तिक ।यसै साता सार्वजनिक एउटा रिपोर्टका अनुसार संसारका सबैभन्दा धनी एक प्रतिशत व्यक्ति संसारको करिब आधा बढी सम्पत्तिका मालिक छन् ।त्यही संसार कुल आवादीमा आर्थिक रुपले कमजोर ५० प्रतिशत मानिससँग कुल मिलाएर एक प्रतिशतभन्दा कम वैश्विक सम्पत्ति छ। क्रेटिड लुइस बैंकको एउटा रिपोर्टमा सन् २००० देखि अहिलेसम्म वैश्विक धन दुई गुणा भएको छ। रिपोर्टका अनुसार अमेरिका र जापानपछि चीनमा सबैभन्दा धनी व्यक्ति छन् ।
रिपोर्टका अनुसार सन् २००० बाट विश्वका २३ मुलुकमा आर्थिक असमानता पनि बढेको छ। बेलायतमा ६० प्रतिशत व्यक्तिसँग एक लाख डलर रुपैयाँभन्दा बढी सम्पत्ति छ । जी–७ समूहका देशमा बेलायत एक मात्र देश हो जहाँ २१औं सताब्दीमा असमानता बढेको छ।
संसारका शीर्ष १० प्रतिशत धनी व्यक्तिमा सबैभन्दा बढी बेलायती र जापानी नागरिक छन् । रिपोर्टमा बढ्दो असमानताका कारण पुनः मन्दी सुरु हुन सक्ने चेतावनीसमेत दिइएको छ। एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार