एक नेपालीलाई कोरोना भएको पुष्टि

२०७६ चैत्र १० गते, सोमबार

काठमाडौं, १० चैत । फ्रान्सबाट यही चैत ४ गते नेपाल फर्किएकी १९ वर्षीया किशोरीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले फान्समा अध्ययनरत् ती किशोरीमा संक्रमण देखिएको पुष्टि गरे । ती किशोरीको काठमाडौंको टेकु अस्पतालमा उपचार भइरहेको छ । लक्षण देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्न आएकी उनमा कोरोनाभाइरसको संक्रमण रहेको आइतबार (हिजो) साँझ पुष्टि भएको थियो । उनी नेपाल आएपछि ‘होम क्वारेन्टाइन’मा बसेकी थिइन् ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ती युवतीको परिवारलाई क्वारेन्टाइनमा राखिएको भन्दै उनीसँगै जहाजमा आएका अन्य मानिस कहाँ–कहाँ छन् भनेर खोजी गरिरहेको जानकारी दिए । नेपालमा कोरोनाभाइरसको पुष्टि भएको यो दोस्रो घटना हो । महिना दिनअघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार