एकीकृत जनक्रान्तिमा जेल संघर्ष – नवीन विक ‘हितमान’

२०७७ असार ७ गते, आईतवार

जेल भनेको सत्ताधारीवर्गले विद्रोही शक्ति ( सर्वहारावर्ग) लाई ठीक पार्न बनाएको सत्ता संरचनाको एउटा अंग हो । तर, मानव समाजमा विकासको आदिम साम्यवादी चरणसम्म आउँदा राज्यसंरचना, सरकार, संविधान, ऐन, कानुन, नियम, सेना, पुलिस, अड्डा, अदालत र शासन, प्रशासन भन्ने नै थिएन । जबदेखि समाजमा निजी सम्पत्ति संचित गर्ने प्रकृयाको थालनी भयो, तबदेखि सत्तासंरचनाको प्रारूप विकास भएको पाइन्छ । सत्तासंरचनाको विकास सँगसँगै समाजमा वर्गविभेद र वर्ग राजनीतिको पनि उत्पत्ति भएको पाइन्छ । सत्तायन्त्र भनेको एउटा वर्गले अर्को वर्गमाथि अर्थात् धनी वर्गले गरिब वर्गमाथि शासन गर्ने साधन भएकोले शासकवर्गले आफ्नो शासन टिकाइराख्न आफ्नो वर्गको हितअनुकूल संविधान, कानुन, सरकार, सेना, पुलिस, अड्डा, अदालत, प्रशासन र जेल आदिको स्थापना र विकास गरेको देखिन्छ । सत्तासंरचनाको सुरुआती चरणमा मानव समाजमा जघन्य अपराध गर्ने मानिसहरूलाई निश्चित नियमको घेरामा राखी सुधार्ने उद्देश्यले जेलको अवधारणा विकास गरेको हो ।
तर, मानव समाज विकासका पछिल्ला कालमा यो अवधारणा निर्धारित उद्देश्यमा मात्र सीमित राखिएन । बरु यसको दायरा बढाएर समाजमा अन्याय–अत्याचारका विरुद्ध बोल्ने प्रगतिशील, प्रजातान्त्रिक र क्रान्तिकारी सोच–विचार र आस्था राख्नेहरूलाई निषेध गर्ने गरी शासकहरूले थप नियम, कानुन र ऐनको विकास गरेर जेललाई दमन गर्ने एउटा हतियारको रूपमा स्थापित गरेका छन् । आधुनिक लोकतान्त्रिक विचार–पद्धति नै समजको निर्विकल्प जीवनपद्धति हो भनेर मान्ने वर्तमानकालका पुँजवादी शासकहरूले जेललाई झनै कठोर दमन र यातनागृहको रूपमा रूपान्तरण गर्दै लगेका छन् । यो कुरा पुँजवादीहरूले भन्ने गरेको कथित लोकतान्त्रिक राजनीतिक विचार पद्धतिको मूलमर्मको सार विपरीत छ । यो राजनीतिक स्वतन्त्रता र मानवअधिकारविरोधी छ । फरक राजनीतिक विचार र आस्थालाई सम्मान गर्न नसकी त्यसप्रति असहिष्णु बन्नु र दमनद्वारा तह लगाउनु यसको मूल उद्देश्य बनेको छ । अहिलेसम्मको इतिहासले पुष्टि गरेको छ कि रूपपक्षले सारलाई छोप्नु पुँजवादी फासिजमको मूल विशेषता हो । जहाँ निरंकुश र फासिवादी सोचबाट शासकहरूले शासन संचालन गरेका हुन्छन्, त्यहाँ जेल–हिरासतलाई दमन र यातनाको मुख्य हतियार बनाएका हुन्छन् । वर्तमान पुँजीवादी विश्वमा जेल समाजको क्रान्तिकारी क्रान्तिकारी रूपान्तरणमा अवरोधको रूपमा प्रयोग भइरहेको छ । पेरुमा क. गोन्जालोको गिरफ्तारी र जेल चलान यसैको गतिलो दृष्टान्त हो ।
यो स्थितिलाई नेपालमा व्यवहारतः स्पस्ट देख्न सकिन्छ कि हाम्रो पार्टी क्रान्ति–प्रतिक्रान्ति हुँदै पुनः क्रान्तिको प्रकृयामा आइसकेपछि वर्तमान दलाल पुँजीवादी केपी ओली सरकारले हाम्रो पार्टीमाथि दमनका सबै उपाय अवलम्बन गरेको छ । उसले झुट्टा मुद्दा र जेल (हिरासत) लाई हतियारको रूपमा प्रयोग गरेर एकीकृत जनक्रान्तिलाई सिध्याउने सपना देखिरहेको छ । ओली सरकारले हामो पार्टीविरुद्ध दमनको यो रणनीतिअनुरूप हाम्रा नेता, कार्यकर्ता, शुभचिन्तक र समर्थकहरूलाई बिनाकारण खोजी खोजी गिरफ्तार गर्ने, झुट्टा मुद्दा लगाउने र गैरकानुनी थुनामा राख्ने, जेलचलान गर्नेजस्ता फासिवादी दमनकारी व्यवहार गरिरहेको छ । यो पंक्तिकार पनि दलाल सरकारको यस्तै प्रकारको व्यवहारबाट अछुतो रहेन । पार्टी कामको सिलसिलामा बाटोमा हिंड्दै गरेको बेला २०७६ असोज ६ गते बिहान ११ः४५ बजे काठमाडौंको पुरानो बानेश्वरबाट कथित अनुसन्धान ब्युरोले अपहरणको शैलीमा एक्कासी मलाई गिरफ्तारी गरियो ।
हातमा हत्कडी र आँखामा कालोपट्टी बाँधेर कुनै एउटा घर (यातनागृह) मा लगियो । भुइँमा बस्न लगाइयो । तथानाम अश्लील गाली बेइज्जतिका साथै, शारीरिक यातना दिने काम गरियो । यातनाको अर्थ र उद्देश्य थियो– मैले अवलम्बन गरेको राजनीतिक विचार र आस्थाबाट मलाई अलग वा विचलित पार्नु । तर, सच्चा मालेमावादी क्रान्तिकारी विचारबाट निर्देशित आक्रोशपूर्ण वैचारिक प्रतिरोधले गलत उद्देश्य र विचारमा आधारित यातनालाई पचाइदियो । त्यसपछि कुनै एउटा कोठामा लगेर लडाइदियो र ढ्याम्म फलामेगेट लगाइयो । रातको १० बजेको हुँदो हो, एकजनाले खाना खान भन्यो तर तीव्र घृणा र आक्रोशको बाढीले भित्रैबाट उनीहरूको सबै व्यवहारलाई इन्कार गरेकोले “भोक छैन, खाना नखाने” भनेँ । उसले “हैन खानामा विष हालेर दिन्छन् भन्ठानेको हो ? हामीले खाने खाना हो खानू” भनेर जोड ग¥यो । मैले “खान मन छैन” भनेर आफ्नो अडान दोहो¥यापछि उसले “त्यसो भए के खाने त ?” भनेर पुनः सोध्यो । मैले “खाना नखाने, बरु पानी छ भने ल्याएदिनू” भनेँ । त्यसपछि उसले “चिया खानुहुन्छ ?” भनेर सोध्यो । मैले “हुन्छ, कालो चिया खान्छु” भनेँ । केही समयपछि कालोचिया र एक बोतल पानी ल्याएर हातमा थमाइदियो एक घुट्की पानी र कालोचिया खाएँ ।
रातको त्यस्तै ११ बजेको थियो होला, फलामेगेटको ताला खुल्यो र उठ्न भनियो । यो कुराको अनुमान लगाउन गाह्रो थिएन । ममाथि हुने सबै प्रकारका हर्कतको सामना गर्न मैले आपूmलाई तयार पारिसकेको थिएँ । बाहिर निकालेर दायाँ बायाँ गर्दै पहिलेकै यातना दिने कोठामा लिएर भुइँमा बस्न भनियो । त्यसपछि पहिले मानसिक यातनाको बर्सा सुरु भयो । “पार्टीका सबै कुरा भन्, नत्र तेरो यहीँ अन्त्य हुन्छ” भन्दै शारीरिक यातना दिन सुरु ग¥यो । मैले आपूmलाई जसरी तयार पारेको थिएँ, त्यही अनुपातमा प्रतिवाद गरेँ । “मबाट कुनै चीज झर्नेवाला छैन, मेरो नैतिकताले पार्टीका कुनै पनि कुरा भन्न मिल्दैन, गोली हान्न सक्छौ हान, गोली खान तयार छु” भनेपछि यातना दिनेहरूलाई हैरानी भयो । अन्त्यमा उनीहरूको हैरानीपूर्ण अभिव्यक्ति “साला ज्याद्रो रहेछ, छोड् लैजा” भन्दै यातना दिनेमध्येकै कसैले भन्यो । त्यसपछि यातना दिन बन्द भयो । यातनाले मेरो बायाँपट्टिको गालाको माथि आँखाको छेउमा निलडाम र सुनिएकोले यातना दिनेहरूले खासखुस कोडभाषामा सल्लाह गरी बरफ ल्याएर मेरो निलडाममा १० मिनेट जति बरफले सेकाए अनि मैले “यातना पनि आफैँ दिने अनि डाक्टर पनि आफैँ बन्ने, यो कहाँको चलन हो ?” भनेर भनेँ । उसले “यहाँ यस्तै हुन्छ” भनेर ठाडो जवाफ फर्कायो ।
अनुहारका निलडाम सेक्ने काम सकिएपछि पहिले राखिएको कोठामा लिएर लडाइयो । हातको हत्कडी र आँखाको कालोपट्टि दायाँ बायाँ नगर्न भनियो । भाषा आक्रोश र घृणाभावले अन्तरमन छचल्किन थालेपछि रातभरि निद्रा लागेन । पानीको घुट्कासँगै रात बिताएँ । पछिल्लो बिहान अर्थात् २०७६ असोज सात गते बिहान ९ बजेतिर जाउलाखेल प्रहरी परिसर पु¥याइयो । त्यसपछि मात्र हत्कडी र आँखाको कालोपट्टि खोलेर हिरासतमा राखियो । असोज ८ गते जिल्ला अदालत ललितपुरमा पेस गरी नितान्तै झुट्टा मुद्दामा बयान गर्न भनियो । प्रतिवादीको तर्फबाट पुरै इन्कारी बयान भयो । असोज ९ गते थुनछेक बहस भई अदालतले पुर्पक्षको आदेश ग¥यो । सोही आदेशबमोजिम नख्खु कारागार चलान गरियो । २०७६ असोज ९ गते सुरु भएको जेलजीवन उच्च अदालत पाटनको आदेशबमोजिम २०७६ माघ १९ गते नख्खु कारागारबाट बाहिर निस्किनेबित्तिकै पुनः प्रहरीले गिरफ्तार गरेर २०७६ माघ २० गते पूर्वसुनसरी जिल्लाको धरान पु¥याइयो । फागुन ४ गते हातहतियार र खरखजना मुद्दामा सुनसरी जिल्ला अदालतमा थुनछेक बहस भई साधारण तारेकमा थुनामुक्त गर्ने आदेश जारी भयो ।
तर, अदालत परिसरबाटै पुनः गिरफ्तार गरी त्यही राती अड्डासार गर्दै फागुन ८ गते कालीकोट जिल्लामा पु¥याएर फागुन १२ गते बयान सकेर थुनछेक बहस भई जिल्ला अदालत कालीकोटले पनि साधारण तारेखमा थुनामुक्त गर्ने आदेश जारी ग¥यो । त्यहाँ पनि पुनः गिरफ्तार गर्ने काम भयो । फागुन १३ गते कालीकोट जिल्लाबाट दैलेख जिल्लामा ल्याएर सार्वजनिक मुद्दा लगाई हिरासतमा राखियो । त्यसपछि सर्वोच्च अदालतमा बन्दी–प्रत्यक्षीकरणको रिट दायर भएपछि फागुन २५ गते दैलेखबाट काठमाडौं ल्याइयो । चैत २ गते बन्दी–प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेश जारी ग¥यो तर अदालत परिसरबाटै पुनः गिरफ्तार गरी यो दोश्रो पटक रिट दायर भएपछि चैत्र १२ गते रीटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले दोश्रो पटक पनि रिटमाथि सुनुवाई गर्दै थुनामुक्त गर्ने आदेश जारी ग¥यो । त्यसपछि भने सुराकीहरूले पिछा गरे पनि गिरफ्तार गरिएन ।
उल्लिखित सम्पूर्ण घटनाक्रमले के स्पस्ट पार्छ भने दलाल पुँजीपतिहरूले भन्दै आएको उनीहरूको लोकतन्त्रको सार कति कुरूप र फासिवादी रहेछ ! यो कुरा आम नेपाली जनताले व्यवहारतः स्पस्ट हुने मौका प्राप्त गरे । संघीय लोकतान्त्रिक गणतन्त्र भनिएको शासन व्यावस्था आखिर कसको हो र यसले कुन वर्गको हित र पक्षपोषण गरिरहेको छ भन्ने कुरा व्यावहारिक रूपमा पुष्टि भइसकेको छ । यति मात्र होइन, कम्युनिस्टको नाममा नेपाली जनतालाई भ्रमित बनाई सरकार र संसद्मा पुगेका साम्राज्यवादी एजेन्टहरूको पर्दाफास भएको छ किनकि एउटा मालेमावादी सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीले अर्को क्रान्तिकारी सच्चा कम्युनिस्ट पार्टीमाथि हत्या र दमनको कुनै पनि बहाना चलाउन सक्दैन, बरु उसले यसको विपरीत साम्राज्यवादका विरुद्ध एकताबद्ध भएर लड्न तयार हुन्छ ।
यसकारण, हाम्रो पार्टीले भन्दै आएको छ कि लोकतान्त्रिक गणतन्त्र नामको शासन व्यवस्था नेपाली श्रमजीवि जनताको नभई साम्राज्यवादीहरूद्वारा निर्देशित र परिचालित दलाल पुँजीवादीवर्गको शासन व्यवस्था हो । यसले मजदुर, किसान, जाति, जनजाति, मधेसी, महिला, दलित, विद्यार्थी र उत्पीडन क्षेत्र कसैको पनि हित गर्न सक्दैन । यसर्थ, यसको विकल्पमा जनताको आफ्नो व्यवस्था वैज्ञानिक समाजवाद प्राप्त गर्नका लागि एकीकृत जनक्रान्तिमा गोलबद्ध होऔँ । दलाल पुँजीपतिहरूको दमनकारी शोषणकारी व्यवस्थाको अन्त्य गरौँ । यसको निम्ति एक पटक अदम्य साहस प्रकट गर्न आवश्यक छ । सबै प्रकारका भ्रम र व्यक्तिगत स्वार्थबाट आपूmलाई माथि उठाउँदै नयाँ प्रकारको त्याग र समर्पणको माहोल सिर्जना गर्न जरुरी छ । नयाँ राष्ट्र निर्माण त्यो बेला मात्र सम्भव छ, जुन बेला सबै उत्पीडित वर्ग, समुदायले क्रान्तिको लागि आपूmलाई तयार गर्दछ । हामी क्रान्तिकारीहरूले क्रान्तिका सबै मोर्चा खोल्ने गरेर नै क्रान्तिको सुरुआत गरेका छाँै । यसमा उत्पीडिन वर्ग, समुदाय, लिङ्ग, सच्चा राष्ट्रवादी, लोकतन्त्रवादी र प्रगतिशील शक्तिको ऐक्यबद्धतासहितको क्रान्तिकारी जागरणको अभाव हामी सबैलाई महसुस भएको छ ।
जेल र झुट्टा मुद्दाले क्रान्तिलाई कमजोर पार्न सक्दैन, बरु क्रान्तिले दमनकारी र अन्यायपूर्ण जेल र हिरासतलाई विस्थापित गर्ने छ । हामीले कल्पना गरेको वैज्ञानिक समाजवादको स्थापनाले सामाजिक न्यायलाई नयाँ उचाइमा स्थापित र विकास गर्नेछ, जहाँ सभ्य, वैज्ञानिक र न्यापूर्ण राज्यव्यवस्था छ, त्यहाँ जेल र हिरासतको आवश्यकता नै पर्नेछैन । यसर्थ, न्यायपूर्ण वैज्ञानिक शासन व्यवस्था स्थापनाको निम्ति एकीकृत जनक्रान्ति आजको ज्वलन्त आवश्यकता बन्न गएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु