एकाबिहानै भूकम्पको धक्का

२०७६ बैशाख ११ गते, बुधबार

काठमाडौं , ११ वैशाख । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार करिब बिहान ६ः३० बजे धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । भने त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको भूकम्पमापन केन्द्रले जनाएकाे छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ । भूकम्पको धक्काले काठमाडौं हल्लिएको छ । मानिसहरु सडकमा पुगेका छन् । मानिसहरु फेरि आउने डरले सडकमै छन् ।
२०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । त्यसयता निरन्तर भूकम्पको धक्का महसुस भएको छ । आज गएको भूकम्प गोरखा भूकम्पको पराकम्पन हो या नयाँ भूकम्प भन्नेबारे पनि केही खुलेको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार