एकान्तकुमारीको तलबभत्ता बढाउन माग

२०७१ मंसिर २ गते, मंगलवार

काठमाडौं । भक्तपुरको तलेजु मन्दिरको पर्व पुजा र व्यवस्थापन समितीले एकान्तकुमारीको तलबभत्ता बढाउन माग गरेको छ । जीवित देवी एकान्तकुमारीको ३० वर्षदेखि तलब भत्ता नबढेको भन्दै तलब भत्ता बढाउन माग गरिएको हो ।गुठी संस्थानले २०४१ सालमा मासिक ४ सय ५० रुपैयाँ तलब भत्ताको व्यवस्था गरेको र अहिलेसम्म तलब नबढेको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए । त्यसैगरी पूर्व कुमारीलाई दिइदै आएको भत्ता, नित्य पूजा र पर्व पूजाका लागि दिइदै आएको रकम पनि वृद्धि गरिनुपर्ने उनले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार