एकपटक धोका दिनेले पटक-पटक दिन्छ

२०७१ भाद्र १४ गते, शनिबार

काठमाडौँ । एउटा नयाँ अध्ययनका अनुसार जुन व्यक्तिले एक पटक धोका दिन्छ उसले पटक-पटक धोका दिने सम्भावना रहने खुलासा गरेको छ । मेट्रो डट सीओ डट युकेको रिपोर्टनुसार साइकोलजी ग्रेजुएट कायला नापको अध्ययनले यस्तो खुलासा गरेको हो । अध्ययनका अनुसार जुन व्यक्ति आफ्नो पहिलो पार्टनरप्रति इमान्दार थिइनन उनीहरु आफ्नो दोस्रो पार्टनरप्रति पनि धोकाधडी गर्ने सम्भवना साढे तीन गुना बढी पाइयो । नापले १८ देखि ३४ वर्षउमेर समूहका ४ सय ८४ जना अविवाहित युवायुवतीको विगत र वर्तमान रिलेशनसिपको अध्ययन गरेको थियो । अध्ययनमा मानिसहरु आफ्नो अनुभव र गल्तीबाट सिक्छन् भन्ने देखाएको छ । सिक्ने यो प्रक्रिया प्रेमको मामिलामा पनि केही हदसम्म देखिने गर्दछ ।
ऐनुहल साइकोलजिकल एसोसिएसनको कन्भेन्सनमा प्रस्तुत गरिएको अध्ययन प्रतिवेदनमा केवल एक पटक धोका दिने मानिसले भविष्यमा पनि धोका दिने सम्भावना रहने उल्लेख छ । त्यति मात्र होइन, एक पटक धोका खाने व्यक्तिले पनि पुनः धोका खाने सम्भवना रहन्छ । -एजेन्सी

प्रतिक्रियाहरु