एउटै बोकाको मूल्य साढे ४ लाख !

२०७६ बैशाख २६ गते, बिहीबार

काठमाडौं , २६ बैशाख । धेरै नेपालीले बाख्रा पाल्छन् । बाख्राको मूल्य कति पर्छ भन्ने मोटामोटी अनुमान सबैलाई हुन्छ । तर, झापाको एक गाउँमा बाख्राको पाठाकै मूल्य पनि गाईभैँसी वा घोडाको भन्दा वढी छ भन्दा पत्याउन गोह्रो पर्छ । झापा हल्दिबारी गाउँपालिका–१ गोलधापका गणेश पराजुलीले एउटा बाख्राको पाठा ४ लाख रुपैयाँसम्ममा बिक्री गर्छन् । बोयर जातको बाख्रा पाल्दै आएका पराजुलीले ३ लाख देखि ४ लाख ६५ हजार रुपैयाँसम्ममा बाख्राको पाठा बिक्री गर्दै आएका छन् । ‘प्रगति बोयर बाख्रा फर्म’ सञ्चालक पराजुलीले अहिले बोयर जातका १६४ वटा बाख्रा पालेका छन्। सानाठूला सबै हिसाब गर्दा फर्ममा दुई करोड बढीका बाख्रा रहेको पराजुलीले बताए । पाँच वर्षअघिदेखि सञ्चालन गरिएको फर्ममा १ करोड ५५ लाख रुपैयाँ लगानी भएको पराजुलीकी श्रीमती कल्पनाले बताइन् ।- कारोबार दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार